महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने पुर्नताजगी तालिम बुधबार सम्पन्न भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ स्थित प्रेरणा कृषि जागरण महिला संस्थाको आयोजना र टेवा संस्थाको सहयोगमा गरिएको तालिममा २८ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । प्रेरणा कृषि जागरण महिला संस्था, टेवाको अनुदान प्राप्त संस्था मध्य एक हो । उक्त कार्यक्रमको प्रशिक्षक आर्शो नेपालीको कार्यक्रम संयोजक हर्क तामाङ र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङबाट व्यवस्थापन र सहजीकरणको भुमिका निर्वाह गर्नुभएकोे थियो । सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व सम्बन्धी नेतृत्व विकास तालिम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङले बताउनुभयो । उक्त तालिमको अन्तिम दिन वडा नं. १२ का वडा अध्यक्ष दिपेन्द्र नेपालको प्रमुख अतिथि तथा स्थानीय बुद्धिजीवीहरु, वडा सचिव उमेश शिल्पकार लगायतको उपस्तिथि रहेको थियो भने संस्थाको अध्यक्ष धामो तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
