सम्पर्क

आगोलागीमा परी वालकको मृत्यु

सिन्धुपाल्चोकको बलेफी गा.पा.४ लप्से स्थित पशुपंक्षी फर्ममा आगलागि हुँदा एक बालकको मृत्यु भएको छ । सोहि वडाका अध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा विहान ९ बजेको समयमा आगलागि हुँदा फर्ममा काम गर्ने सोहि स्थानको बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्किकोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव वुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी र स्थानियबासिको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।
आगलागीबाट फर्म पूर्णरूपमा क्षति हुँदा अंन्दाजी ६ छ लाख १४ हजार) बराबरको सामानहरु जली क्षेती भएका छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।