बढ्दो चिसोबाट बालबालिकालाई जोगाउने उद्देश्यले सोवरस् एक्सन नेपाल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य एवंम नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय संसद मोहन बहादुर बस्नेत र बाह्रविसे नगरपालीका प्रमुख बालकृष्ण बस्नेतको पहलमा बाह्रविसे नगरपालीका वडा नं २ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो । बिहिबार एक समारोहबिच गरिएको न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मोहन बहादुर बस्नेतले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने बताउनुभयो ।
विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने प्रतिबद्धता समेत जनाउनुभयो । जाडोयाममा विद्यार्थिलाई न्यानो कपडा नहुदा विद्यलयमा उपस्थित हुन मुस्किल भएको हुँदा पठनपाठनमा असर परेको हुँदा विभिन्न संस्थासँग समन्वय गरि न्यानो कपडा वितरण गरेको बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । चिसोको समयमासमेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन् ।
बालबालिकालाई उपलब्ध गराएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो ।
