सम्पर्क

कर्थलीका विद्यार्थीले पाए न्यानो कपडा

पृथ्वीजंग पाण्डे / बाह्रबिसे
बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलीका विभिन्न विद्यालयका ६०० जना विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार सेतिदेबी आधारभुत विद्यालयमा त्यहाको विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । मंगला देवि जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक बम बहादुर तामाङका अनुसार दुरुमथलीमा Sowers Action द्वारा जाडो र गर्मी मौसमको लागि सम्पूर्ण विद्यार्थीहरुलाई ज्याकेट वितरण हो । कार्यक्रमको प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको उपस्थितमा Sowers Action का अध्यक्ष धर्म गुरु पासाङ वाङ्दी शेर्पा ,लगायतका अन्य पदाधिकारीहरुको रोहवरमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रम सफल बनाउन समाजसेवी नोर्वु शेर्पा,बाह्रबिसे नगर कार्यपालिका सदस्य दावा पासाङ शेर्पा लगायत को सहयोग थियो । प्रअ तामाङको अनुसार सो विद्यालयका ८२ जना विद्यार्थी ले न्यानो कपडा प्राप्त गरेका छन । मंगलादेबी जनजागृती आधारभूत बिद्यालयलाई जग्गा खरिद गर्न र चारकोठे भबन निर्माणमा सहयोग पुर्याउन My smal help nepal कार्यकारी निर्देशक बिनोद महर्जन र सहयोगी सस्था गप का प्रतिनिधि विद्यालय अनुगमन गरि विद्यालयलाई थप सहयोगको प्रतिबद्धता जनाएका छन भने छात्रा विद्यार्थीको लागि आबश्यक स्वास्थ्य सामग्री वितरण गत महिना गरिएको शिक्षक लालबहादुर मोक्तानले बताउनुभयो ।