सम्पर्क

ज्योतिष परिषदको भेला चौतारामा

 नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोक जिल्ला कार्य समितिले पूर्णता प्राप्त गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा शुक्रबार ज्योतिषसँग सम्बद्ध विशाल भेलाले विधानमा उल्लेखित २१ सदस्यिय पूर्ण कार्य समितिको अनुमोदन गरेको छ । उक्त कार्यक्रम नेपाल ज्योतिष परिषद् बागमती प्रदेशका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य एवम् प्रदेश महासचिव दीपक शर्मा दाहाल , कोषाध्यक्ष भिमप्रसाद पौडेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्य समितिको अध्यक्ष गणेश प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यालय उद्घाटन तथा पूर्णता बैठकमा स्वागत मन्तव्य सह सचिव हरिप्रसाद सापकोटाले गर्नु भएको थियोे ।
कार्यक्रममा बुद्धिजीवी एवम् समाजसेवी व्यक्तित्व शम्भु प्रसाद सुवेदीले वैदिक धर्म नैतिक दृष्टान्तमा आधारित शार्दुलविकृदित छ्न्दमा कविताका वाचन गर्दा उपस्थित सम्पुर्णमा भावुकता छाएको थियोे ।