गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले बताउनुभएको छ ।
उँहाले ७६ औँ वार्षिकोत्सव कार्यक्रमका श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको वार्षिकोत्सवको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक अभिभावकले आआफ्ना छोराछोरीको शिक्षा सिकाइमा निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने समेत प्रण गर्दै प्रविधिको विकासलाई बिचारले सम्हालेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ७६ औँ बार्षिकउत्सव तथा ४७ औँ अविभाबक भेला कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक स्वर्गीय भक्तध्वज प्रधान र स्वर्गीय समुन्द्रनाद श्रेष्ठको अर्धकदको सालिक निवर्तमान सभामुख सापकोटाले उक्त प्रतिमाको अनावरण गर्नुभयो । व्यक्तिगत जग्गा दान गराउँदै विद्यालय स्थापनामा उहाँहरुको योगदानको कदर र सम्मान गर्दै प्रतिमा निमार्ण गरेको विद्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकाम रहेको श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका प्रधानध्यापक डम्बर बहादुर श्रेष्ठले शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालय विभिन्न चुनौतीलाई सामना गर्दै अगाडी बढिरहेको बताउनुभयो । कार्यक्रमलाई नगर उपप्रमुख सीता थापा नेपाली काँग्रेसका जिल्ला उपसभापति, टंक कार्कि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम र शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको थियो । सो अवसरमा विद्यालयले शिक्षिका चिनिमाया तामाङ, सहयोगी कल्पना श्रेष्ठलाई उत्कृष्ट कर्मचारी तथा शारदा खड्कालाई उत्कृष्ट अभिभावक घोषित गर्दै नगदद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यबस्थापन समितीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले बताउनुभएको छ ।
उँहाले ७६ औँ वार्षिकोत्सव कार्यक्रमका श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको वार्षिकोत्सवको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक अभिभावकले आआफ्ना छोराछोरीको शिक्षा सिकाइमा निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने समेत प्रण गर्दै प्रविधिको विकासलाई बिचारले सम्हालेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ७६ औँ बार्षिकउत्सव तथा ४७ औँ अविभाबक भेला कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक स्वर्गीय भक्तध्वज प्रधान र स्वर्गीय समुन्द्रनाद श्रेष्ठको अर्धकदको सालिक निवर्तमान सभामुख सापकोटाले उक्त प्रतिमाको अनावरण गर्नुभयो । व्यक्तिगत जग्गा दान गराउँदै विद्यालय स्थापनामा उहाँहरुको योगदानको कदर र सम्मान गर्दै प्रतिमा निमार्ण गरेको विद्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकाम रहेको श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका प्रधानध्यापक डम्बर बहादुर श्रेष्ठले शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालय विभिन्न चुनौतीलाई सामना गर्दै अगाडी बढिरहेको बताउनुभयो । कार्यक्रमलाई नगर उपप्रमुख सीता थापा नेपाली काँग्रेसका जिल्ला उपसभापति, टंक कार्कि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम र शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको थियो । सो अवसरमा विद्यालयले शिक्षिका चिनिमाया तामाङ, सहयोगी कल्पना श्रेष्ठलाई उत्कृष्ट कर्मचारी तथा शारदा खड्कालाई उत्कृष्ट अभिभावक घोषित गर्दै नगदद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यबस्थापन समितीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।