सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १० र १२ मा उपभोक्ता हितलाई ध्यानमा राखी बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा मंगलबार गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्ले, प्रबिण कुमार बस्नेत, यशोदा कार्की उद्योग व्यवसायि संघका निर्मल बस्नेत प्रहरी कार्यालयका प्रनानि पुल्कित यादव लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेत लगायत सञ्चार कर्मीको टोलिले अनुगमन गरेको हो । नगरभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि बजार अनुगमन गरिएको प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो ।
जल्केनि, हर्रे, साँगाचोक बजार गरि १९ वटा पसलमा अनुगमन गर्दा म्यादगुज्रेका सामाग्रिहरु भेटिएकाले बरामद गरिएको छ । दर्ता नभएको पसलहरुलाई दर्ता गर्न र दर्ता गरेर पनि नविकरण नगरेकालाई नविकरण गर्न ,मूल्य शुचि राख्न अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले सुझाव दिनुभयो । बरामद गरिएको सामाग्रीहरुमा बिस्कुट, मैदाको पिठोहरु रङ्ग लगायतका सामाग्रीहरु रहेका छन् ।
