राष्टीय प्रजातन्त्र पाटी सिन्धु पाल्चोक जिल्लाले आफ्नो पाटीबाट बागमती प्रदेसमा माननीय बन्नु भएको २नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंलाइ स्वागत गरेको छ । जिल्ला कार्यसमिती सिन्धुपाल्चोकको नियमित बैठकको अबशर पारेर आइतबार उँहालाइ बधाइ तथा शुभकामना दिएको हो ।
जिल्ला अध्यक्ष निलध्वज थापाले आफ्रनो पाटीले आफु अध्यक्ष रहँदाको अबस्थामा संघ र प्रदेस दुबै तर्फ माननीय पाएकोमा खुशी ब्यक्त गर्दै उच्च पदमा जनताको सेवा गर्न र राप्रपाको घोषणा पत्रलाइ अक्षरशं पालना गर्नका लागी सबै एक भएर लाग्नु पर्ने बताउँनु भयो ।
स्वागत कार्यक्रममा माननीय कुमारी तामागंले पाटीको शिर उच्च हुने गरी आफुले काम गर्नै बताउँदै स्थानीय स्तरमा हुने अनीयमितता र बिकासका कार्यक्रममा ढिला सुस्ती हुन नदीन राप्रपालाइ जिम्मेवारी आएको ले यो जिम्मेवारी पुरा गर्न सबै लागी पर्नू पर्ने बताउँनु भयो ।
बैठकले पौष २७ गते भव्यताका साथ जिल्लामा पृथ्वी जयन्ती मनाउँने निर्णय गर्दै राप्रपाको सगठनलाइ अझ बलीयो र व्यवस्थीत बनाउँनका लागी सबै लागी पर्नु पर्ने निर्णय गरेको हरी बहादुर नेपालले जानकारी दिनु भयो । फोटो कुमारी तामागंको फेसबुकबाट
