डिभीजन वन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीहरलाइ आबश्यकताका आधारमा निशुल्क विरुवा उपलब्ध गराउँदै आइको साहायक बन अधिकृत कृष्ण बहादुर थापाले जानकारी दिनु भएको छ ।
जिल्ला वन कार्यलय सिन्धुपाल्चोक द्धारा सञ्चालीत पात्ले पानी नर्सरकिा बारेमा जानकारी दिनु हँदै थापाले यस्तो बताउँनु भएको हो । २०२९साल मा स्थापित ६रोपनी जग्गामा नर्सरी रहेको छ । उक्त नसंरीमा तिम्मुर,दाँते ओखर लोठसल्लो, कपुर,कोइरालो,टाँकी,बेलपत्र,तिम्बु, पारिजात, अम्बा, अमला, चिराइदो , बोझो, ठुलो औषधी लगाएत २५ थरी भन्दा बढीका विरुवाहरु उत्पादन गरिने गरेको छ। नागरिकको माग बमोजिमका बिरुवाहरु निशुल्क दिइरहेको बताउँदै आफ्ना् नर्सरमिा नभएका विरुवाहरु पनी माग बमोजिम अन्यत्र बाट खरिद गरेर ल्याएर भए पनी बितरण गरिरहेको सायक वन अधीकृत थापाले जानकारी दिनु भयो । उँहाले वन कार्यलयमा माग भइ आए बमोजिमको विरुवाहरु निशुल्क दिइने र धेरै परिणाममा लान चाहानेहरुलाइ सवारी साधन जाने स्थान सम्म निशुल्क ढुवानीको समेत व्यस्था गरिरहेको बताउँनु भयो ।
नर्सरीमा रासायनीक मल प्रयोग नभएका माटोहरु जङ्गलबाट ल्याएर विरुवा उत्पादन गर्ने गरिएको छ भने वन कार्यलयले पात्लेपानी नर्सरीमा एक जना हेरालु समेत राखेको छ ।
उक्त नर्सरीको रेख देख गरिरहनु भएको ठुलोसरिुवारीका जानुका दुलालले उक्त नर्सरीमा रहेको हरेक विरुवाहरु वन कार्यलयको निर्देशन बमोजिम दिने गरेको बताउँनु भयो र नर्सरीमा चिराइदोको विरुवा माग गर्न आउँनु भएका जुगल गाँउपालिका वडा नं ४का लालबहादुर गुभाजू ले वन कार्यलयवाट विरुवा निशुल्क पाइन्छ भनेर माग गर्न आएको बताउँदै उँहाले राम्रो सँग चिराइदो खेत ीगर्ने ले प्रतिरोपनी तिसहजार सम्म बाषीक आम्दानी गरिरहेको बताउानु भयो ।
यो खेती एक बर्षमा नै बजार मा बेच्न मिल्ने भएकाले उो नगदे वाली पनी भएको र यसलाइ सितीमिती कुनै रोग पनी नलाग्ने भएकाले यसको खेतीगर्न आफुलाइ सजिलो भएको बताउँनु भयो ।
