सम्पर्क

जलवीरेमा कृषि तथा पशु सेवा केन्द्र स्थपना

सिन्धु पाल्चोक जिल्लाको कृषी उत्पादनमा उपलब्ध हासील गर्दे गरेको बलेफी गाँउपालिका वडा नं १मा कृषि तथा पशु सेवा केन्द्र स्थपना गरिएको छ । पालीकाका सेरोफेरोमा रहेका नागरिकको सुबिधाका लागी बलेफी गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र वडा नं. १ को जलबिरे बजारमा स्थापना गरेको हो । आइतबार सेवा केन्द्रको समुद्घाटन गर्दै पालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्नको स्थानीय स्तरमा नै खपत गर्न पर्नै बताउँनु भयो । उँहाले पालीका भित्र रहेका हरेक कृषकले खेतीयोग्य जमीन बााझो राखेर अनुदान माग्ने होइन उत्पादन मुलक काम गर्नका लागी अनुदान माग्न पर्छ त्यासो हुँदा पालिकाले पनी अनुदानमा सहयोग गर्ने चाहना बढ्ने बताउँनु भयो ।उँहाले कृषकको लागी पलिकाले हरेक प्रकारको सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पबद्यालय दिवा खाजामा समेत स्थानीय स्तरमा उत्पादति खाद्यन्न प्रयोग गर्न पर्नै बताउँनु भयो । बिशेष अतिथी पालिका उपाध्यक्ष सरु लामा तामाङले बिशेष गरि सेवा केन्द्रले यस भेगमा पर्ने वडा नं. १,२ र ३ का कृषक दाजुभाइ दिदीबहिनीहरुमा विशेष टेवा पुग्ने केन्द्रबाट भरपुर सेवा सुविधा लिने आशा लिएको बताउँदै समृद्ध बलेफीको परिकल्पना गर्दै गर्दा कृषि नै हाम्रो यहाँको मुख्य आयश्रोत हो, यसलाई जसरी हुन्छ अघि बढाउन हाम्रो तर्फबाट सक्दो कोशिश रहने बताउँनु भयो । कृषकहरुको जोश जाँगर नभै पक्कै पालीकाले मात्रै योजना बनाएर पूरा हुने छैन त्यसैले कृषकहरुनै अग्रसर हुन पर्ने बताउानु भयो । अहिले सम्म हामी सम्म कृषकहरुबाट आउने एउटै गुनासो अनुदान हाल्दिनुपर्यो भन्ने मात्र छ, यसको साटो हाम्रो उत्पादनलाई बजार पाएन भन्ने दिन आए कत्ती उत्कृष्ट हुन्थ्यो होला हैन ? हो, अब हामी यस्तै दिन ल्याउने अभियानमा हातमा हात साथमा साथ भएर अघि बढौं भन्ने मेरो यहाँहरुमा आग्रह छ, अनुरोध छ भन्नू भयो। उँहाले पालिकाका अध्यक्षले कृषि भण्डारण केन्द्र ( कोल्ड स्टोर ) स्थापना गर्ने कुराहरु छिटोभन्दा छिटो बाध्य भएर गर्न अग्रसर हुन पर्ने दिन आओस् त्यस कुरामा मेरो सतप्रतिशत साथ समर्थन रहनेछ भन्ने प्रतिबद्धता गर्न चहान्छु भन्दै पालिकाका अध्यक्ष ज्युले गर्नु भएको प्रतिबद्धता पुरा गर्न कृषकहरुले सके सम्म धेरै खाद्यन्न उत्पादन गर्न पर्छ त्यसो भयो भने मात्र यस्ता भण्डारण केन्द्र स्थपना गर्न अध्यक्ष लाइ सहयोग हुने तर उत्पादनै भएन भने केन्द्रको औचीत्य नहुने भएकाले यसका लागी सबै सचेत हुन पर्ने बताउँनु भयो ।कार्यक्रममा वडा अध्यक्षहरु, पालिकाका कृषी शाखाका कर्मचारी लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । –फोटो शरुलामाको फेसबुकबाट्