सम्पर्क

ब्रेकिङ न्युज २

हातेमालोले गर्यो पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर हातेमालो संघ सुनकोसीको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । पालिका भवन पिस्करमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष गिता नेपालले उदघाटन गर्नु भएको थियो । निमित्त प्रशासकीय अधिकृत ईश्वर पौडेल ,शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हातेमालो संघका सचिब प्रवेश श्रेष्ठले बताउनु भयो । श्रेष्ठक अनुसार सरसफाइको क्षेत्रमा कार्य गर्दै आएको संघले पालिकाभर सचेतना कार्यक्रम गर्दै आएकोमा विद्यार्थीहरु बाटै सहयोग र जानकारी आदानप्रदान गर्दा सकारात्मक प्रभाव पर्ने हुँदा कार्यक्रम गरेको जानकारी दिनुभयो । जिल्लाभर सरसफाइको अभियान संचालन गर्ने संघ को लक्ष्य रहेको छ।संघका कोषाध्यक्ष संकर थामीको अध्यक्षतामा कार्यक्रम भएको हो।कार्यक्रममा विजेता विद्यार्थीहरुलाइ पुरस्कार वितरण त्रिपुरासुन्दर...

मानवअधिकार एलाइन्सले बुझायो ज्ञापन पत्र

ब्रेकिङ न्युज २, समाचार
भ्रष्टाचार बिरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकले प्रमुख अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र सम्माननीय सभामुखलाई बिहिबार ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष नातिबावु धितालद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बुझ्दै बिहिबार नै सम्बन्धित निकायमा पठाउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानवअधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यक...

फरार अपराधी २ जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
नकबजनी चोरी तथा अमानविय व्यवहार मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७८ मंसिर २० गतेको फैसलाले नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका – ७ निवासि २१ वर्षीय सुकवीर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो । तामाङलाई ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले बुधबार पाँचपोखरी थाङपाल –६ टार स्थितबाट पक्राउ गरेको यादवले बताउनुभयो । प्रहरीका अनुसार सम्मानित अदालतले निजलाई लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि बिहिबार जिल्ला कारागार चौतारा चलान गरिएको छ । यसैगरि सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७९ मंसिर २१ गतेको फैसलाले अमानविय व्यवहार मुद्दामा १५ दिन कैद र पा...

जुरे पहिरो पीडितले ८ वर्षपछि राहात रकम पाए

ब्रेकिङ न्युज २, समाचार
करुणा थारु १४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको जुरे पहिरो पीडितहरुले स्थानीय स्तरबाट संकलीत भएको रकम ८ वर्षकटेपछि पाएका छन् । साविकको मांखा गाउँविकास समितिको जुरेमा पहिरो जादा १ सय ३५ जनाको मृत्यु भएको थियो भने करोडौको भौतीक सम्पती क्षती भएको थियो । पहिरोपछि जुरे पहिरो पीडितहरुका लागि जनस्तरबाट २ करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ संकलन भएको थियो । तत्कालिन सर्वदलीय संयन्त्रले संकलीत रकम पीडितहरुलाई वितरण गर्न नसकेपछि तत्कालिन जिल्ला दैविप्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो । विभिन्न सामाजिक संघ संस्थाहरुले पीडितहरुको नाममा जम्मा भएको रकम तत्कालन वितरण गर्न माग गरेपनि राजनीतिक दलहरु बिच सहमती हुन नसक्दा वितरण हुन सकेको थिएन । तत्कालिन जिल्ला दैवि प्रकोप उद्धार समितिले संकलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहात वितरण मापदण्ड समिति बनाएर पीडितहरुको वर्गीकर...

किसानलाई कृषि औजार वितरण

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरीएको हो । अनुदान छनौट भएका ५६ जना कृषकहरूलाई छनौट गरि सिफारिस गरे अनुसार ट्याक्टर, मिनिटिलर, प्लास्टिक टनेल, पावर स्प्रे लगायत कृषि औजार वितरण गरिएको थियो । कृषकहरुलाई आधुनिकीकरण तथा ब्यावसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको नगरपाकिलाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । कृषीको माध्यमबाट नै नगरलाई सम्वृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषित तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी अािर्थक आयआर्जन बृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । प्राप्त गरेका कृषि सामाग्रीहरुको सहि तरिकाले प्रयोग गरी उत्पादन बृद्धि...

नेपाने बासिले पाए १ सय १९ धारा

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत चौतारा साँगाचोकगढी नगरपालिका – ७ सुख्खा क्षेत्रमा बसोवास गरिरहेका नेपानेबासीले १ सय १९ धारा पाएका छन् । नगरको एक घर एक धारा कार्यक्रम अन्तरगत धारा पाएका हुन् । नगरपालिकाको आर्थिक सहयोगमा निर्मित धाराको उद्घाटन बिहिवार एक कार्यक्रमको बिच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको हो । धारा उद्घाटनपछि नगरप्रमुख सापकोटाले नगरले त एक चोटि दिएको छ अब यसको संरक्षण गर्ने काम तपाई उपभोक्ताहरुको नै हो भन्नुभयो । उहाँले भने हामी समृद्ध नगरको योजनामा लागिरहेका छौ, यस क्रममा सवैको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेका छौँ । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयमा खुसि भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुवारीको नेपानेमा खानेपानी संगै करेसावारीमा पानीको प्रयोग तरकारी लगाउन समेत हुने भएको छ । सोही अवसरमा वडा अध्यक्ष डम्बर बहादुर तामाङले नेपाने न...

तातोपानी नाका आंशिक निर्यातमा मात्र सिमित

ब्रेकिङ न्युज २, समाचार
चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रुपमा खुल्ने हल्ला चलेपनी आंशिक निर्यातमा मात्र सिमित हुने भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनर समेत तातोपानी सुक्खा बन्दरगाहमा अहिले थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामाग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’ तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले बताउनुभयो । निर्यातका लागि खुलेपनि आंशिक मात्रै हुने केसी बताउनुहुन्छ । अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडीबुटी लगाएत बस्तुहरु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासा सम्म जाने कुरा होईन निक...

चौतारामा फायर सेफ्टी यन्त्र जडान

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आगलागीको जोखिम न्यूनिकरणका गर्नका फायर सेफ्टी यन्त्र जडान गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र जडान गरेकोे हो । बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने स्पार्टिङ क्लब अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ । नगरपालिकाकाका विपद व्यस्थापन फोकल पर्शन चिरञ्जिीवी कट्टेलका अनुसार चौतारा बजारमा अन्य विपदको संभावना न्यून रहेको र आगालागिको समस्या वस्र्यौनि देखिएको हुनाले फायर सेफ्टीको व्यवस्थापन ग...

कानुन दिवसको अवसरमा स्थानिय नागरिकसँग नेपाल वारको एक दिने कानुनी अभिमुखिकरण सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने वि.सं. २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । त्यस्तै नेपाल वार एशोसिएशन जिल्ला वार इकाइ सिन्धुपाल्चोकको आयोजनामा पनि मंगलबार ७१औं कानुन दिवशको अवसरमा स्थानिय नागरिकसँग एक दिने कानुनी अभिमुखिकरण कार्यक्रम गरेको छ । पाँचपोखरी थाङपाल गाउपालिका– ३ भोताङको वडाध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अदालतको जिल्ला न्यायधिस विदुर कोइरालाले अदालत र मुद्दाको बारे स्थानिय नागरिकलाई जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता विमला रेग्मीले सरकारबादी मुद्दा दर्ता र सरकारी वकिलको भुमिका वारे स्पष्ट पार...

बाढीग्रस्त मेलम्चीलाई खेलकुदको माध्यम बाट उठाउने लक्ष्य छ ःसागर श्रेष्ठ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोबाट क्षेती भएर अगाडी बढ्न नसकेको मेलम्चीलाई माथी उठाउँन खेलकुदले पनी महत्वपुर्ण भुमिका खेल्ने भएकाले जिल्लाको जिल्ला स्तरिय पुरुष भलबिल प्रतियोगिता राखिएको सामाजिक अभियान्ता मेलम्ची युवा क्लबका पुर्ब अध्यक्ष सागर क्षेष्ठले बताउँनु भएको छ । उहाँले प्रतियोगिताको पुर्वसन्ध्यामा आइतबार विभिन्न सरोकारवालहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दैे उक्त कुरा बताउँनु भएको हो । उहाँले २५ देखि २८ सम्म हुने खेललाई कसरी उपलब्धीमुलक बनाउने, सुरक्षित कसरी बनाउने , विवाद रहित कसरी बनाउने भनेर छलफल गरिएको अभियान्ता सागर श्रेष्ठले जानकारी दिनुभयो । भलिवल प्रतियोगिताले पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने, पुननिर्माणको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने अपेक्षा लिइएको श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोकमा धेरै पर्यटकिय क्षेत्र रहेको भन्दै श्रेष्ठले यस क्षेत्रको भ्...