सम्पर्क

कानुन दिवसको अवसरमा स्थानिय नागरिकसँग नेपाल वारको एक दिने कानुनी अभिमुखिकरण सम्पन्न

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने वि.सं. २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । त्यस्तै नेपाल वार एशोसिएशन जिल्ला वार इकाइ सिन्धुपाल्चोकको आयोजनामा पनि मंगलबार ७१औं कानुन दिवशको अवसरमा स्थानिय नागरिकसँग एक दिने कानुनी अभिमुखिकरण कार्यक्रम गरेको छ ।
पाँचपोखरी थाङपाल गाउपालिका– ३ भोताङको वडाध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अदालतको जिल्ला न्यायधिस विदुर कोइरालाले अदालत र मुद्दाको बारे स्थानिय नागरिकलाई जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता विमला रेग्मीले सरकारबादी मुद्दा दर्ता र सरकारी वकिलको भुमिका वारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला वार इकाइको अध्यक्ष भुपेन्द्र थिङ तामाङले मुलुकी देवानी संहिता २०७४ मा भएका कानुनी व्यवस्थालाई स्थानिय नागरिकसँंग स्पष्ट जानकारी दिनुभएको थियो । कार्यक्रम वार इकाइका सल्लाहकार पुण्यप्रसाद खनालले संचालन गर्नु भएको थियो भने आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय लगायतको उपस्थिती रहेको थियो ।