सम्पर्क

चौतारामा फायर सेफ्टी यन्त्र जडान

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आगलागीको जोखिम न्यूनिकरणका गर्नका फायर सेफ्टी यन्त्र जडान गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र जडान गरेकोे हो । बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने स्पार्टिङ क्लब अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ । नगरपालिकाकाका विपद व्यस्थापन फोकल पर्शन चिरञ्जिीवी कट्टेलका अनुसार चौतारा बजारमा अन्य विपदको संभावना न्यून रहेको र आगालागिको समस्या वस्र्यौनि देखिएको हुनाले फायर सेफ्टीको व्यवस्थापन गरिएको हो ।