सम्पर्क

नेपाने बासिले पाए १ सय १९ धारा

निर्मल बस्नेत

चौतारा साँगाचोकगढी नगरपालिका – ७ सुख्खा क्षेत्रमा बसोवास गरिरहेका नेपानेबासीले १ सय १९ धारा पाएका छन् । नगरको एक घर एक धारा कार्यक्रम अन्तरगत धारा पाएका हुन् । नगरपालिकाको आर्थिक सहयोगमा निर्मित धाराको उद्घाटन बिहिवार एक कार्यक्रमको बिच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको हो । धारा उद्घाटनपछि नगरप्रमुख सापकोटाले नगरले त एक चोटि दिएको छ अब यसको संरक्षण गर्ने काम तपाई उपभोक्ताहरुको नै हो भन्नुभयो । उहाँले भने हामी समृद्ध नगरको योजनामा लागिरहेका छौ, यस क्रममा सवैको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेका छौँ । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयमा खुसि भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुवारीको नेपानेमा खानेपानी संगै करेसावारीमा पानीको प्रयोग तरकारी लगाउन समेत हुने भएको छ । सोही अवसरमा वडा अध्यक्ष डम्बर बहादुर तामाङले नेपाने नाम पानी नपाउने ठाउँ भएको कारणले नै नेपाने नाम रहन गएकोले अब नेपाने पानी पाउने ठाउँ बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुखज्युले साँचिक्कै अभिभावकको भुमिका निर्भाह गरेको बताउनुभयो । उहाँले भने सुखी नेपाली समृद्द नेपालको अभियान तर्फ उन्मुख भएको अभास गरेका छौ, साथै सो स्थानको २०३८ सालमा देखिको सपना पूरा भएकोमा खुसि व्यक्त गर्नुभयो ।