सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोबाट क्षेती भएर अगाडी बढ्न नसकेको मेलम्चीलाई माथी उठाउँन खेलकुदले पनी महत्वपुर्ण भुमिका खेल्ने भएकाले जिल्लाको जिल्ला स्तरिय पुरुष भलबिल प्रतियोगिता राखिएको सामाजिक अभियान्ता मेलम्ची युवा क्लबका पुर्ब अध्यक्ष सागर क्षेष्ठले बताउँनु भएको छ । उहाँले प्रतियोगिताको पुर्वसन्ध्यामा आइतबार विभिन्न सरोकारवालहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दैे उक्त कुरा बताउँनु भएको हो । उहाँले २५ देखि २८ सम्म हुने खेललाई कसरी उपलब्धीमुलक बनाउने, सुरक्षित कसरी बनाउने , विवाद रहित कसरी बनाउने भनेर छलफल गरिएको अभियान्ता सागर श्रेष्ठले जानकारी दिनुभयो । भलिवल प्रतियोगिताले पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने, पुननिर्माणको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने अपेक्षा लिइएको श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोकमा धेरै पर्यटकिय क्षेत्र रहेको भन्दै श्रेष्ठले यस क्षेत्रको भ्रमण गर्न आम समुदायलाई प्रेरित गर्ने श्रेष्ठले बताउनुभयो । बाढी ग्रस्त क्षेत्रलाई खेलकुदको माध्यम बाट उठाउने दावि गर्दै श्रेष्ठले मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने बताउनुभयो । कार्यक्रममा ससस्त्र प्रहरी बलका प्रहरी नायब निरिक्षक यदु कार्कीले खेल जगतको बिकास गर्न का लागी गरिएको यो कार्यक्रमलाइ अनुशासित बनाउँनका लागी आफुहरुले गर्न पर्ने सहयोग गर्ने बताउँनु भयो । यसै गरी कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरिक्षक नवराज सापकोटाले मानवीय जिवनका लागी खेल अती आबश्यक भएको र मेलम्चीमा यो खेलको आयोजना गरेर मेलम्चकिो बिकासमा सहयोग पुर्याउाने काम गर्न लागेकामा आफुहरलाइ खुशी लागेको बताउँदै खेल अनुसाशित तवरले हुने भन्दै सुरक्षा र समन्वयमा कमि नहुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रममा सुरक्षाकर्र्मी ब्यबसायी, सामाजिक अभियन्ता, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।मेलम्ची युवा क्लव र मेलम्ची पुननिर्माण तथा संरक्षण समितिको आयोजनामा खेल हुन लागेको मेलम्ची युवा क्लवका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवद्र्वनको लागि खेलकुद भन्ने नाराका साथ हुनलागेको खेलको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
