सम्पर्क

राप्रपा महिला संगठन महाधिबेशन,भ्रष्टचारको फाइल खोल्न लिङ्देनको अनुरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठनको महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु भएको छ ।        आइतबार भएको पार्टी निकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले वाइडबडी, लडाकु शिविर लगायतको फाइल पनि खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह आग्रह गर्नु भएको छ ।(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न सरकारसँग अनुरोध गर्दै ‘लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउमा परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु यो छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ भन्नु भयो । उँहाले ‘ प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुविचारका साथ यो कदम अगाडि बढाएको र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राप्रपा यसमा समर्थन गर्दछ,’ भन्दै वाइडबडि लगायतको फाइल खोल्नुपर्छ यसका लागी प्रचण्ड कति वर्ष सरकारमा बस्ने हो राप्रपा समर्थन गर्न तयार छ भन्नु भयो । उहाँले माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न उहाँले आग्रह गर्दै लडाकु शिविरको घोटाला उहाँकै शीरमाथि लागेको छ । फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो। तर भ्रष्टाचारको डुंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइँदैन भन्नुभयो । कार्यक्रमलाइ समबोधन गर्दे निर्बमान अध्उक्ष पशुपती शमशेर जवराले जँहा धर्म , सस्कार, को संरक्षण हुन्छ त्यँहा भ्रष्टचार पनी हुँदैन भन्दै भ्रष्टाचारको अन्त्य गर्न सके देसको आर्थीक स्थिती बलीयो हुने धर्म सस्कार को जगेर्ना गर्नका लागी महीलाहरुको बिशेष भुमिका रहने बताउँनुभयो । अर्का निबर्तमकान अध्यक्ष डा प्रकाश चन्दै लोहनीले देस बिकासका लागी महीलाहरको भुमिका महत्वपुर्ण हुने भएकाले यसकिा लागी राष्ट्रयि प्रजातन्त्र पाटीले महीलाहरुलाइ उचित स्थान दिदै सम्मान गर्ने बताउँनु भयो । अन्जना शाह राउलको सभापतत्विमा भएको कायक्रमको सञ्चालन भने महासचिब माननीय कुमारी तामागंले गर्नु भएको थियो ।