सम्पर्क

हातेमालोले गर्यो पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता

पृथ्वीजंग पाण्डे / पिस्कर
हातेमालो संघ सुनकोसीको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । पालिका भवन पिस्करमा भएको कार्यक्रमको
गाउँपालिका उपाध्यक्ष गिता नेपालले उदघाटन गर्नु भएको थियो । निमित्त प्रशासकीय अधिकृत ईश्वर पौडेल ,शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हातेमालो संघका सचिब प्रवेश श्रेष्ठले बताउनु भयो । श्रेष्ठक अनुसार सरसफाइको क्षेत्रमा कार्य गर्दै आएको संघले पालिकाभर सचेतना कार्यक्रम गर्दै आएकोमा विद्यार्थीहरु बाटै सहयोग र जानकारी आदानप्रदान गर्दा सकारात्मक प्रभाव पर्ने हुँदा कार्यक्रम गरेको जानकारी दिनुभयो । जिल्लाभर सरसफाइको अभियान संचालन गर्ने संघ को लक्ष्य रहेको छ।संघका कोषाध्यक्ष संकर थामीको अध्यक्षतामा कार्यक्रम भएको हो।कार्यक्रममा विजेता विद्यार्थीहरुलाइ पुरस्कार वितरण त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुले गर्नुभएको थियो।वक्तृत्वकलामा प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमस छ हजार, चार हजार र दुईहजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाभरका माध्यमिक विद्यालय बाट विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । वन वातावरण तथा सरसफाइ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न हुँदा छात्रा तर्फ प्रथम स्थान सजिना खड्का महेन्द्र प्रताप माबी धुस्कुन,दोस्रो दोस्रो स्थान भगवती खत्री कागेश्वरी माबी घोर्थली,तेस्रो स्थान लक्ष्मी खड्का मंगलामाइ माबी पिस्करले प्राप्त गरेको थियो । त्यसैगरी छात्र तर्फ प्रथम स्थान सुजन श्रेष्ठ मंगलामाइ माबी पिस्कर,दोस्रो स्थान निकेश न्यौपाने महेन्द्र प्रताप माबी धुस्कुन,र तेस्रो स्थान अनुप गुरुङ राम माबी चोकाटीले प्राप्त गरेको छ ।