प्रेमचन्द्र झा/रौतहट
रोतहट जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भई रहेका छन । स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन । खोप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दि रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरे प्रसाद यादवले बताउनुभयो । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताउनुभयो । नियमित खोपको अलावा यो अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन् । खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताउनुभयो । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ । खोज र खोप अभियानले अषाढसम्म रौतहटलाई खोप सुनिश्चितताको लेवलमा पुर्याउ छन । सुनिश्चितता बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हो । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा रोटा , पोलियो,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्तामा रोटा, पोलियो, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ । वालवालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा– रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा– रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन । २०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक धनुषावाट खोप शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोग विरुद्व १३ खोप चलि रहेका छन । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वरो आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने गर्दछन् ।
