सम्पर्क

जनमिलनद्धारा अनुदानमा धानको बिउ बितरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी – १४ डडुवामा रहेको जनमिलन बचत तथा ऋण सहकारी संस्थाद्धारा अनुदानमा धानको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धानको बिउ वितरण गर्न थालेको हो । बजारमा ८२५ रुपैयाँ पर्ने धानको बिउलाई ६५० मा बितरण गरिएको संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ को कृषी बिउ अनुदान कार्यक्रम अन्तर्गत धानको बिउमा प्रती पकेट रु १७५ का दरले अनुदान सहयोग गरेको निर्वतमान वडाअध्यक्ष समेत रहनु भएको श्रेष्ठले जानकारी दिनुभयो । धानको बिउ बितरण गर्दै वडाअध्यक्ष उद्धब प्रसाद नेपालले बिउ बिजन लिनेसँगै कृषी उत्पादनमा सहजताका लागी नगरपालिबाट हुन सक्ने सहयोग भइरहेको बताउँनु भयो । जनमिलन सहकारी संस्थाले शुक्रबार मात्रै ५०० पकेट धानको बिउ बितरण गरेको छ । जसमा G– 10, G– 1, सुपर चाईना, शंकर– 312, महाराजा जातको धानको बिउ वितरण गरिएको थियो । आवश्यक पर्ने कृषकले सहकारीमा सम्पर्क राखेर अनुदानको बिउ लिन सकिने संस्थाका सचिब लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । जनमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडाबाट बिनियोजित (कृषी तर्फको आ ब २०७९/८० को लागि) बिउबिजन सम्बन्धिको अनुदानित रकमबाट धानको बिउ वडाध्यक्ष उद्धव नेपालको प्रमुख आतिथ्यमा बितरण गरिएको हो ।