सम्पर्क

किसानलाई कृषि औजार वितरण

चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरीएको हो । अनुदान छनौट भएका ५६ जना कृषकहरूलाई छनौट गरि सिफारिस गरे अनुसार ट्याक्टर, मिनिटिलर, प्लास्टिक टनेल, पावर स्प्रे लगायत कृषि औजार वितरण गरिएको थियो । कृषकहरुलाई आधुनिकीकरण तथा ब्यावसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको नगरपाकिलाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । कृषीको माध्यमबाट नै नगरलाई सम्वृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषित तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी अािर्थक आयआर्जन बृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । प्राप्त गरेका कृषि सामाग्रीहरुको सहि तरिकाले प्रयोग गरी उत्पादन बृद्धि गर्ने उनले आग्रह गर्नुभयो । ब्यावसायीकरुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने नगरप्रमुख सापकोटाको भनाई छ ।