रुपक पुरी
संसदीय समितिद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरिएको छ ।
आयोजनाको मूहानस्थलको निरिक्षणपश्चात राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना लम्बिदा लागत बढ्ने बताउभयो । उहाँले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो ।
मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिदैं अध्यक्ष तिमिल्सिनाले पाइप विच्छ्याउन विजुलीका तारहरु भूमिगतगर्ने कुराहरुले गर्दा धेरै असरहरु देखापरेका भन्दै योजना बनाउँदा केहि सिकाइहरुलाई सँगै लिएर जानपर्ने बताउनुभयो ।
छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगत देखि बर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।
