सम्पर्क

ब्रेकिङ न्युज २

प्रहरी उपरिक्षकद्वारा जेष्ठ नागरिकसँग भेट

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले चौतारामा रहेको बृद्वाआश्रममा रहेका जेष्ठ नागिरकहरुसँग भेटघाट गर्नु भएको छ । उहाँ सहितको टोलिले जनैपुर्णिमाको अवसर पारेर १४ गते चौतारा साँगाचोकगढी नगरपालिका — ५ स्थित वृद्धाआश्रमका बृद्धवृद्धाहरुलाई भेटघाट गरि उहाँहरुका समस्याहरुका बारेमा छलफल गर्नु भएको छ । सो अबसरमा उहाँसहितको टोलिले खाद्यान्न, फलफुल र जुस वितरण गर्नु भएको थियो । साथै सो अवसरमा उहाँले बृद्वआश्रममा रहेको बृद्वबृद्वाहरुलाई कुनै समस्या हुन नदिन आफुहरु पनि लागि पर्ने बताउँदै केही समस्या भएमा आफुले गर्न सक्ने सहयोग गर्ने समेत बताउँनु भयो । उहाँलाई जेष्ठ नागिरकहरुले आशिर्वाद दिदै धन्यबाद व्यक्त गर्नुभयो ।  ...

प्रेस युनियन सदस्य चण्डिका नेपालीलाई मातृशोक

ब्रेकिङ न्युज २, समाचार
नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाको सदस्य चण्डिका नेपालीलाई मातृशोक परेको छ । उहाँको ममतामयि माता दिलमाया नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएपछि मातृ शोक परेको हो । युनियन सदस्य चण्डिका नेपालीको आमाको मृत्युप्रति नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले दुःख व्यक्त गरेको छ । युनियनका सचिव अिनश तिवारिले एक शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।...

रिलायवल नेपाल लाईफ ईन्स्योरेन्सको छैठौं वार्षिकोत्सवमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिकोत्सवको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारा सदरमुकाममा रहेको वनदेवी माध्यमिक विद्यालयमा अध्यनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको हो । वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम दृष्टिविहिन बालबालिकाको लागि सहयोग गरिएको रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड चौतारा शाखा प्रमुख लक्षण विष्टले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन बहादुर विकको सभापतित्वमा भएको कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका —५ कोे वडा सदस्य राम बहादुर घले, विद्यालय प्रधानाध्यापक दिपक राई, नेपाल बैंक लिमिटेड चौतारा शाखा प्रबन्धक बिनिता नेपाल, विभिन्न बैकका शाखा प्रबन्धकलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै चौतार...

किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै

ब्रेकिङ न्युज २, समाचार
लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) रु चार सय ५५ र मिडियम रु चार सय २५ तोकेको छ । यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । उहाँको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बी...

गौहत्याको विरोधमा सरकारलाई राप्रपासिन्धुको ज्ञापनपत्र

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १२ भदौ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सिन्धु पाल्चोकले गौहत्याको बिरोधमा जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाइ उक्त कार्यको बिरोध ज्ञापन पत्र बुझाएको छ । राप्रपा ले गौहत्याको विरोधमा मङ्गलबार देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धु पाल्चोक जिल्लामा पाटी अध्यक्ष निलध्वज थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय चौतारा मार्फत ज्ञापन पत्र बुझाएको चौतारासाँगाचामेकगढी नगरपालिकाका पाटी अध्यक्ष शेर बहादुर ठकुरीले जानकारी दिनु भयो । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका अध्यक्ष निलध्वज थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन...

प्रविधिमैत्री बन्यो हेलम्बु गाउँपालिका

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका प्रविधिमैत्री भएको छ । हेलम्बुले व्यक्तिगत घटना दर्तासहितका सरकारी सेवा अनलाइनबाटै दिन सुरु गरेको हो । हेलम्बुका नागरिकले जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना दर्ता घरबाटै गर्न सक्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले बताउनुभयो । हेलम्बुले अनलाइन मार्फत व्यक्तिगत घटना गर्दा गर्ने सफ्टवेयरको विकास गरेको छ । घरबाटै घटना गर्दा गरेपछि टोकन नम्बर प्राप्त हुने, उल्लेखित विवरणका आधारमा सम्बन्धित वडामा घटना दर्ता हुने र त्यसपछि सेवाग्राहीले प्रमाणपत्र प्राप्त गर्न सक्ने बनाइएको छ । घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे जरिवाना नलाग्ने व्यवस्था छ । पालिकाले सामाजिक सञ्जालबाट जनहितमा जारी सन्देशहरु समेत निरन्तर जारी गरिरहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो ।...

बिश्व हिन्दु महासंघ सिन्धुपाल्चोकद्धारा बुझायो ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
बिश्व हिन्दु महासंघ सिन्धुपाल्चोक जिल्ला कार्य समितिद्धारा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएका छ । सोमबार हिन्दु महासंघ सिन्धुपाल्चोकले गौहत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ परापूर्वकालदेखि संसारको एक मात्र हिन्दु राष्ट्रको विशिष्ट पहिचान बनाएको नेपाललाई विनाकारण २०६३ को अन्तरिम संविधानमा हिन्दु राष्ट्रको परिचय मेटेर धर्म निरपेक्ष लेखियो । संसारमा अहिलेपनि इसाई, इस्लाम, बौद्ध, यहुदी, सहितका थुप्रै राष्ट्रहरु आफ्नो धार्मिक परिचयले चिनिदै आएका छन् । पृथ्वीनारायण शाहले नेपाल नै असली हिन्दुस्थाना हो भनेकोकुरा सत्य हो । विश्वको शिरोभाग सगरमाथाको देश वेदादि शास्त्रको उद्गम स्थल ज्ञान भूमी तपो भूमी नै वास्तवीक हिन्दुस्थान हो । विश्वव्यापी कोरोना संक...

जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल

ब्रेकिङ न्युज २, समाचार
जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिल...

योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो ःबस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो  भन्नु भएको छ। उँहाले बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा आईतबारबाटसुरु भएको योग को शुरु गर्दै यस्तो बताउँनु भएको हो ।      बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा खुल्ला योग विज्ञान शिविर कार्यक्रम सञ्चालन भएको छ । विहान ५ बजेदेखी सुरु भई ७ बजे सकेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको बताउँनु भयो ।उँहाले योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ । धेरैले कुनै पनि ...

गाई–गोरु हत्या गर्नु संविधान विपरित कार्यः मधेशी आयोग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
गाई–गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ ्र आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई÷गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ्र आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात–जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ ्र आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो–कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ्र आय...