सम्पर्क

राष्ट्रिय युवा सङ्घ द्धारा स्व.पाण्डे परिवारलाइ सहयोग

सिन्धुपाल्चोक सडक दुर्घटनाबाट जिवन गुमाउँनु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक स्व.नवीन पाण्डेको परिवारलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । सोहीअनुरूप युवा सङ्घले शनिवार स्वर्गीय पाण्डेको छोरी निहारिका र परिवार संरक्षणार्थ सहयोग हस्तान्तरण गरेको हो स्वर्गीय पाण्डेको घर मेलम्ची–११ जरायोटार पुगी युवा सङ्घले एक लाखको चेक हस्तान्तरण गरेको राष्ट्रिय युवा सङ्घले जनाएको छ ।स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । भदौ–३० मा चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । नारायणी यातायात प्रा.लिद्वारा सञ्चालित तेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएका पाण्डे र अनेरास्ववियु सिन्धुपाल्चोकका सचिवालय सदस्य समीर दोङको परिवारलाई चौतर्फी दबाब र आन्दोलनपश्चात् बिमा रकम सहित १०र१० लाख दिने सहमति भएको थियो । निहारिका पाण्डेको पढाई खर्च बापत डेढ लाख दिने सहमति भएको थियो । पाण्डेले अनेरास्ववियु सिन्धुपाल्चोकको अधिवेशनको तयारी गर्दै अध्यक्षको दाबेदार समेत रहनु भएको थियो ।