सम्पर्क

सेतिदेविको सिनियर ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चोक सुनकोसी गाँउपालिका वडा नं. ७ लामोसँघुमा रहेको सेतिदेवि तेक्वान्दो डोजाङमा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार सेतिदेवि तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटिको ग्रेडिङ गरेको हो । रातो पेटीबाट रातो कालो पेटीमा जेराठ श्रेष्ठ र प्रिति वाईबा उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीलिनेमा ईस्थर बिसुन्के र संजय बि.क भने दोस्रो डान कालो पेटी लिनेमा अभिषेक बस्नेत, लवाङ तामाङ उतिर्ण हुन सफल हुनु भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला सह सचिव कुमार बस्नेतको प्रमुख आतिथ्यतामा र सिनियर खेलाडीहरू, सुजन सेन्चुरी, निसान लामा अभिभावक टेक बहादुर बि.क लगाएतको उपस्थितिमा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता तथा जिल्ला अध्यक्ष प्रेम भण्डारीको निर्देशनमा सेतिदेवि तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख माधव विकले ग्रेडिङ लिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले खेलकुदको बिकासका साथमा स्वास्थ्यको बिकास हुने हुँदा यसका लागी आफुले सँधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले खेलकुद बिकासका लागी गरिने हरेक सहयोगहरु मध्य पनी सेतिदेबिको यस्ता कार्यक्रम अझ बढी प्रभाबकारी भएकाले सेतिदेबि तेक्वान्दो डोजाङलाई सहयोग गर्ने बताउदै आगमी दिनहरूमा सिन्धुपाल्चोकका तेक्वान्दोका जन्मदाता जिल्ला अध्यक्ष प्रेमबहादुरभण्डारीलाई सम्झदै उहाँले देखाएको बाटो हिड्न र खेलाडीहरूको बिकासमा सँधै लागि रहन अनुरोध गर्दै तेक्वान्दो खेलका लागि सँधै सहयोग गर्ने बताउँनु भयो ।