सम्पर्क

ब्रेकिङ न्युज २

तमु ल्होसार मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।...

लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देबराज सुबेदी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एफ अन्र्तगत रहेको लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ । काठमाण्डौ फेलोसिपका सदस्य राजेशदास हिमालयको अध्यक्षतामा क्लबको नवनिवार्चित पदाधिकारीलाई डिस्ट्रीक गर्भनर शिबकुमार कटुवालले शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा बर्ष २०२३÷२४ को नवनिर्वाचित काठमाण्डौ फेलोसिपका अध्यक्ष राजेशदास हिमालयले आफुले गरेका बिभिन्न सामाजिक सेवाहरुको प्रस्तुतिकरण गर्नुभएको थियो । समाज सेवामा सक्रिय उहाँले बिशेषगरी सिन्धुपाल्चोकको बिभिन्न स्थानमा रहेका संघ संस्था, बिद्यालयहरुमा बिद्यार्थी तथा विपन्न परीवारको लागि न्यानो कपडा, झोला, स्टेशनरी तथा शैक्षिक सामाग्रि लगायत जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुका लागि राहत वितरणको लागि महत्वपूणर् भुमिका खेल्नुभएको थियो ।कार्यक्रममा ने...

धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभापर्यटकिय स्थल धौलेमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
देबराज सुबेदी , धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा सहकारिमा आवद्ध शेयर सदस्य हरुको बनभोज कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले कति पय सहकारी हरुले बिभिन्न ठाउँमा लगानी गरेर पैसा उठाउन न सकेपछी भाग्ने गरेकाले धेरै सेयर सद्स्य हरु मारमा परेका बताउनुभयो सहकारिले पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउनु पर्नेमा उहाँले जोड्दिनुभयो । उहाँले यहाँका ब्यक्ती हरु आफैँ न लागि अन्य स्थानबाट आएका पर्यटक हरुलाई हाम्रो स्थानमा भएको धार्मिक तथा सान्स्कृतिक स्थानहरुको विकास नहुने बताउनुभयो । उहाँले आन्तरिक पर्यटनमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालि...

रोग लागेपछी उपचारको गर्नु भन्दा पनी रोगलाग्नै नदिन सचेत हुनपर्छ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रोग लागेपछी उपचारको खोजी गर्नु भन्दा पनी रोगलाग्नै नदीनका लागी नागरिक सचेत रहन पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा नीतिगत छलफल कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । स्वास्थ्यका कारण धेरै मानिसहरु मानसिक रोगी भएको आफुले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेकोले यस तर्फ सरकारको ध्यान जान पर्नै बताउँनु भएको छ । उहाँले बिगतका सरकार कहिल्यै पनि नागरिकको अभिभावक बन्न नसेकोको भन्दै वर्तमान सरकार नागरिकको अभिभावक बन्ने प्रयासमा लागि रहेको बताउँनु भयो । मन्त्री बस्नेतले स्वस्थ रहने पहिलो उपाय भनेकै शारीरिक व्यायम हो भन्नुहुँदै हरेक मानिसले पहिले आफ्नो लागी कम्तीमा पनि १ घण्टा समय दिएर श...

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौ पुग्ने

ब्रेकिङ न्युज २, समाचार
खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघको पहिलो सातामा नै काठमाडौँ पु¥याइने बताउनुभएको छ । शुक्रबार खानेपानी आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागी आउनुभएका मन्त्री यादवले माघको पहिलो सातानै पानी काठमाडौ पुग्ने दावी गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले द्रुत गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आ...

विपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम गर्छौं ःअध्यक्ष तामाङ

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी /बलेफी बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले विपद पुर्व तयारीका लागि अन्य पालिकासंँग समन्वय गरेर काम गरिने बताउनु भएको छ । बिहिवार बलेफी ५ मा आयोजित पुर्वसुचना प्रणाली सुदृढीकरणका लागि तालिमको समापन कार्यक्रमको समापन गर्दै अध्यक्ष तामाङले पुर्व सुचना प्रणाली जडान, विपद प्रतिकार्य लगायत कार्यपालिका एक्लैले गर्न असम्भव रहेकाले सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो स्रोतले भ्याएसम्म पुर्वसुचना प्रणाली जडान लगायत विपद जोखिम न्यूनीकरणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बलेफी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सलबहादुर पाण्डेले पालिकामा रहेको वर्षा मापन केन्द्रको संख्या थाहा भएको बताउदै अब केन्द्र थप्ने र प्रभावकारी सञ्चालनमा ध्यान दिने बताउनुभयो । उहाँले क्षति न्यूनीकरण गर्न पुर्वसुचना प्रणाली महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका...

जन्मदै अपाङ्ग माझीको नँया घर

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ९ भैसे माझी बस्तीमा जन्मजात अपांग, बोल्न नसक्ने, असहाय अनि बस्ने घरसमेत नभएको घनश्याम माझीले नँया घर पाउँनु भएको छ । वडा सदस्य दीपेन्द्र भन्डारी को विशेष सहजिकरणमा सामाजिक अभियन्ता, सहयोगि समाजसेवी विभा सिंहको विशेष आर्थिक सगयोगमा निर्मित एउटा ट्वाइलेट सहितको एक कोठे नँया घर निर्माण गरी हिजो घनश्याम माझीलाइ हस्तानन्तरण गरिएपछी उँहामा खुशी छाएको छ । भवन निर्माण कर्ता सहयोगीहरुले एक समारोहका बिच भवन हस्तानन्तरण गरिएको हो । वडा स्तरिय जनजाती सम्मन्वय समितीका अध्यक्ष रण बहादुर तामाङ्गका अनुसार हिजो वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा हस्तानन्तरण गरिएको हो । घर हस्तानन्तरण गर्दै वडा अध्यक्ष श्रेष्ठले यसरी सहयोग गरेकोमा सिंह प्रती आभार प्रकट गर्दै उँहालाइ बिशेष सम्मान गर्नु भएको थियो ।सहयोगी विभा सिंहले मानव सेवा नै धर्म हो यसैले नै धर्म...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड इन्द्रेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ ।आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेको थियो ।प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची – १० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो ।प्रतियोगितामा नगरभित्रका दुई संस्थागत सहित २२ विद्यालयको सहभागिता थियो । समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो । त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्ची लाई हराउँदै तेर्से माध...

शिक्षकको गुणस्तर मापन गर्नेछौँ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक बाह्रविसे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताउँनु भएको छ । मनत्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउँनु भएको हो । “विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिन शिक्षकलाइ अनुरोध गर्दै मन्त्री बस्नेतले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउँनु भयो । “गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँद...

भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण

ब्रेकिङ न्युज २, समाचार
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् । पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि रू दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिनुभयो । त्यसमध्ये रू एक अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभ...