सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ९ भैसे माझी बस्तीमा जन्मजात अपांग, बोल्न नसक्ने, असहाय अनि बस्ने घरसमेत नभएको घनश्याम माझीले नँया घर पाउँनु भएको छ ।
वडा सदस्य दीपेन्द्र भन्डारी को विशेष सहजिकरणमा सामाजिक अभियन्ता, सहयोगि समाजसेवी विभा सिंहको विशेष आर्थिक सगयोगमा निर्मित एउटा ट्वाइलेट सहितको एक कोठे नँया घर निर्माण गरी हिजो घनश्याम माझीलाइ हस्तानन्तरण गरिएपछी उँहामा खुशी छाएको छ । भवन निर्माण कर्ता सहयोगीहरुले एक समारोहका बिच भवन हस्तानन्तरण गरिएको हो । वडा स्तरिय जनजाती सम्मन्वय समितीका अध्यक्ष रण बहादुर तामाङ्गका अनुसार हिजो वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा हस्तानन्तरण गरिएको हो । घर हस्तानन्तरण गर्दै वडा अध्यक्ष श्रेष्ठले यसरी सहयोग गरेकोमा सिंह प्रती आभार प्रकट गर्दै उँहालाइ बिशेष सम्मान गर्नु भएको थियो ।सहयोगी विभा सिंहले मानव सेवा नै धर्म हो यसैले नै धर्म र कर्म प्राप्ति हुन्छ भनेर यस्तै दिनदुखी र बेसाहारा लाई सेवा र सहयोग गरिएको बताउँनु भयो ।
