बागमती प्रदेसका उद्योग बाणीज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जापान रहेका नेपाली तथा जापनीज ब्यपारी कम्पनीहरुलाइ नेपालमा लगानी गरेर उत्पादनमुखी काममा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
आफ्नो निजी भ्रमणमा जापान जानु भएका मन्त्री चित्रकारले जापान स्थित नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसंग भेट गरि जापानी कम्पनी र लगानीकर्ताहरुलाई नेपालमा लगानी अभिबृध्दि गर्न प्रेरित गर्न आग्रह गर्नु भएको उँहाको सचिवालयले जानकारी दिएको छ । ४दिनको जापान भ्रमणका लागी जापान पुगेर मन्त्रीले नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिने काममा अग्रसर रहन समेत अनुरोध गर्नु भयो ।सो अबशरमा टोकियोमा त्भचचब ःयतयचक का उपाध्यक्ष, क्ष्त् का डाईरेक्टरसंग भेट गरि नेपालमा लगानी गर्न आग्रह गर्नू भयो ।जापान भ्रमणका क्रममा मन्त्री चित्रकारले गैह्र आवाशिय नेपालीहरुसंग भेटघाट गर्नु भएको थियो भने , उँहाले जापानको बिकास अवलोकन गर्दै आफ्नो मन्त्रलायको कामसंग जोडिएका बिषयहरुमा नेपालमा लगानी गर्न आग्रहगर्नु भयो । उँहाले सूचना प्रविधिमा नेपालमा लगानी बृध्दि गर्न र आउट स्रोसिङ्ग गर्दा नेपाललाई अवसर दिन समेत आग्रह गर्नू भयो । उहाँ जापानको आफ्नो निजी भ्रमण सकेर बिहीबार नेपाल आउँनु भएको हो ।
