देबराज सुबेदी
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एफ अन्र्तगत रहेको लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ । काठमाण्डौ फेलोसिपका सदस्य राजेशदास हिमालयको अध्यक्षतामा क्लबको नवनिवार्चित पदाधिकारीलाई डिस्ट्रीक गर्भनर शिबकुमार कटुवालले शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा बर्ष २०२३÷२४ को नवनिर्वाचित काठमाण्डौ फेलोसिपका अध्यक्ष राजेशदास हिमालयले आफुले गरेका बिभिन्न सामाजिक सेवाहरुको प्रस्तुतिकरण गर्नुभएको थियो ।
समाज सेवामा सक्रिय उहाँले बिशेषगरी सिन्धुपाल्चोकको बिभिन्न स्थानमा रहेका संघ संस्था, बिद्यालयहरुमा बिद्यार्थी तथा विपन्न परीवारको लागि न्यानो कपडा, झोला, स्टेशनरी तथा शैक्षिक सामाग्रि लगायत जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुका लागि राहत वितरणको लागि महत्वपूणर् भुमिका खेल्नुभएको थियो ।कार्यक्रममा नेपालकै सबैभन्दा ठुलो मेगा प्रोजेक्टको रुपमा बन्दै गरेको टियू ब्लड बैँकका प्रमुख रुद्रहरी ज्ञवाली, निवर्तमान गर्भनर डा.राजेन्द्र गिरी, पूर्व गर्भनर मधुकर कुमार उपाध्याय लगायतले शुभकाना मन्तव्य राख्नुभएको थियो । सोही क्रममा ब्लड बैँक स्थापनार्थ संस्थापक सदस्यता प्राप्तीका लागि अर्जुन प्रसाई, जुजकाजी महर्जन, प्रेम श्रेष्ठ, पार्वती बानिँया र धुब्र खड्काले व्यक्तिगत रु २५ हजार सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।सोही अबसरमा लायन्स क्लब अफ मेलम्चीका सदस्य एवंम मेलम्ची नगपालिकाका मेयर आइतमान तामाङलाई उहाँले लायन्सको अन्र्तराष्ट्रिय कोषमा गर्नुभएको सहयोगको सम्मान स्वरुप उहाँलाई मेलविन जोन्स प्लेग बाट सम्मानित गरिएको थियो । उक्त कोषमा उहाँले एक हजार यूएस डलर सहयोग गर्नुभएको थियो ।कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष एवंम डिस्ट्रीक जिएमटी कोअर्डिनेटर किसान ज्योती शाक्य र क्लबका अध्यक्ष राजेश हिमालयले संचारकर्मी, संघ संस्थाका प्रतिनिधी र लायन सदस्यहरुलाई सम्मान गर्नुभयो । सोही क्रममा काठमाण्डौ फेलोसिपका डाइरेक्टर तथा काठमाण्डौ महानरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष एवंम महानगरपालिकाका प्रबक्ता नविन मानन्धरलाई समेत बिशेष सम्मान गरीएको थियो । यस्तै सिन्धुपाल्चोक लगायत नेपालभरी शिक्षा क्षेत्रको गुणस्तर बिकासको लागि इसिएल का डाइरेक्टर बन्धना श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो । उहाँले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका स्थित ऐसेँलुखर्क मा.वि.मा पालिकास्तरीय आधारभुत तालिम समेत दिईसक्नुभएको छ । कार्यक्रलाई डिस्ट्रीक मार्केटिङ कोअर्डिनेटर भरत प्रसाईले संचालन गर्नुभएको थियो ।
