सम्पर्क

आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति हो ः मन्त्री बस्नेत

 

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको इन्द्रेश्वरी माध्यमिक बिद्यालयमा शनीबार भएको
निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा १५००भन्दा बढीले सेवा लिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार भएको सिविरले उक्त क्षेत्रका १५००भन्दा बढीले सेवा लिएको डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री बस्नेतले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै आयुर्वेद भरपर्दो उपचार पद्वति भएको ,आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने ,आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति भएको बताउनुभयो । मन्त्री बस्नेतले ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिनु भयो ।उँहाले आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दैे विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिनु भयो मन्त्री बस्नेतले सो अबशरमा ‘ मिर्गौला फेल भएका विरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेका छन् । केही दिनमै सेवा सुरु हुन्छ । मेलम्चीमा पनि आवश्यकता छ भने स्वास्थ्य मन्त्रालयले पठाइदिन तयार छ भन्नु हँुदै ’पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्घोषका साथ आफुले काम गरिरहेको बताउँनु भयो । उँहाले निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिनु भयो ।कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताउँनु भयो । पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउदै डा.यादवले आयुर्वेद पद्वतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गर्नू भयो । स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो । स्वास्थ्य सिविरमा १५००भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका थिए । सिविरमा निर्देशक यादव पुर्ण रुपले खटेर सेवा दिइरहनु भएको थियो । उक्त सिविरमा बागमती प्रदेस सभा सदस्य कृष्ण कुमार तामाङ्ग(समिर) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्ग लगाएको बिशेष अतिथ्यता रहेको थियो ।