सम्पर्क

नगर प्रमुख तामाङ्गद्धारा गैरिगाउँ सुनखानी लागर्चे सडक शिलान्यास

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९ को साबिक १गैरिगाउँ देखि सुनखानी लागर्चे सडकको बनीबार एक समारोहका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ को कृष्ण मन्दिर गैरिगाउँ सुनखानी लागर्चे सडक खण्डको शिलान्यास गर्दे नगर प्रमुख तामाङ्गले बिकासका कामहरुमा तेरो मेरो भन्न नहुने संघीय,र प्रेदस सरकारले स्थानीय सरकार सँग सम्मन्वय गरेर नागरिकको समस्या समधान गर्न लागी पर्नु नै संघीयताको मुल मर्म भएकाले त्यस तर्फ ध्यान दिन पर्ने बताउँदै सघंीयताको मर्म नबुझेकाले देस र जनताको होइन आफ्ना आसेपासेकोमात्र बिकास गर्ने छन भन्नु भयो । नगर प्रमुख तामाङ्गले मेलम्ची नगरपालिका भित्र परेका समस्याहरुका बारेमा नगरपालिकाले तेरो मेरो नभनी काम गरिरहेको स्पष्ट पार्देै राजनिती गर्ने मान्छेले कहील्यै पनी पक्षपात गर्न नहुने बताउँनु भयो । उाहाले बिकासका कामहरुमा पनी राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भनेर निश्पक्षता हुन पर्ने बताउँनु भयो । मेलम्ची नगरपालिकाको आ ब २०८०÷८१ को बिनियोजित बजेट बाट उक्त सडकको ड्रेन वाल तथा सडक स्तरोन्नति हुनेछ । २ करोड ६२ मा ठेक्का पाएको एस आर बि बिल्डर्स प्रालिले ठेक्का सम्झौता भएको सात महिना भित्र काम सम्पन्न गर्ने भएको छ । शिलान्यास कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरण दिप खड्का वडा नम्बर १० का अध्यक्ष अमृत खनाल वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ वडा नम्बर ९ का वडा सद्स्य एवम न्यायिक समिती सद्स्य सरिता पराजुली लगाएतको उपस्थिति रहेको नगर प्रमुख सचिवालयका मनकाजी पाख्रीनले जानकारी दिनु भयो ।