सम्पर्क

धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभापर्यटकिय स्थल धौलेमा

सिन्धुपाल्चोकको १२ वटा पालिका सहित काठमाडौको शंखरापुर नगरपालिका, कागेस्वरी मनोहरा नगरपालिका, गोकर्णेस्वर नगरपालिका ,बुढानिलकण्ठ नगरपालिका र काठमाडौ महानगरपालिका गरि १७ वटा स्थानिय तहमा कार्य क्षेत्र रहेको अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो । यस सहकारी संस्थाले विभिन्न निकायसँग समन्वय गरि पर्यटन प्रबर्द्धनको प्रचार प्रसार गरि यस पर्यटकिय स्थलमा होटेल तथा रिसोर्टहरु स्थापना गर्ने र यहाँका पर्यटकिय स्थलको अर्गानिक बस्तुहरुलाई बजारिकरणका लागि सहजीकरण गर्ने आगामी योजना रहेको सहकारिका संचालक समितिका सदस्य शालिकराम अधिकारिले जानकारी दिनुभयो । यस संस्थामा हाल सम्म ७३ जना शेयर सदस्य रहनुभएको र अन्य सदस्यता वितरणको चरणमा रहेको बताइएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी , पुर्व वडा अध्यक्ष सुदर्शन लुइँटेल विभिन्न विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्तिथि रहेको थियो ।