रोग लागेपछी उपचारको खोजी गर्नु भन्दा पनी रोगलाग्नै नदीनका लागी नागरिक सचेत रहन पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा नीतिगत छलफल कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउँनु भएको हो ।
स्वास्थ्यका कारण धेरै मानिसहरु मानसिक रोगी भएको आफुले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेकोले यस तर्फ सरकारको ध्यान जान पर्नै बताउँनु भएको छ । उहाँले बिगतका सरकार कहिल्यै पनि नागरिकको अभिभावक बन्न नसेकोको भन्दै वर्तमान सरकार नागरिकको अभिभावक बन्ने प्रयासमा लागि रहेको बताउँनु भयो । मन्त्री बस्नेतले स्वस्थ रहने पहिलो उपाय भनेकै शारीरिक व्यायम हो भन्नुहुँदै हरेक मानिसले पहिले आफ्नो लागी कम्तीमा पनि १ घण्टा समय दिएर शारिरीक व्यायममा लाग्न पर्ने बताउँनु भयो । उहाँले अब केही बर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउँने दोहोर्याउँदै “यसबाट खरबौँ रुपैयाँ विदेशिनबाट जोगिन्छ, खरबौ रुपैयाँ विदेसबाट आउँछ र लाखौँलाखले रोजगारी पाउँने भएकाले आफुले यो अभियान सुरु गरेको बताउँनु भयो ।
उहाँले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाउने समेत बताउँनु भयो । चिकित्सा शिक्षा अध्ययनका लागि नेपालमा पर्याप्त सिट नभएपछि पढ्नकै लागि नेपाली विद्यार्थी विदेसिनु पर्ने अवस्थाको अन्त्यका लागि विचारविमर्श र पहल भएका छन् । वर्तमान चिकित्सा शिक्षा ऐन संशोधन गरेर मापदण्ड पुगेका कलेजहरुका सिट बढाएर स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन पहल भएको छ । निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधनको अवस्थामा पुगेको छ । यसले भोलिका दिनमा नेपालको स्वास्थ्य क्षेत्रमा हुन सक्ने जनशक्ति अभावको समस्या रहने छैन । स्वास्थ्य क्षेत्रको सुधारका लागि देशका विभिन्न भागमा अस्पताल खोलेर मात्र पुग्दैन । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा अस्पतालहरुले गुणस्तरीय सेवा प्रदान गर्न सक्दैनन् । ती अस्पतालहरुमा उपकरण र सेवा प्रदान गर्ने जनशक्ति हुनुपर्छ । जनशक्ति अभावले न अस्पतालले काम गर्छ न उपकरणले राज्यको लगानी मात्रै खेर गएको बताउँनु भयो । मन्त्री बस्नेतले २२ वर्ष पहिले ३३ हजार जनशक्ति रहेको स्वास्थ्यमा अहिले बिसौं लाख जनसंख्या बढ्दा समेत जनशक्ति बढ्नुको सट्टा घटेर २८ हजारमा झर्नुले गुणस्तरीय उपचार सेवा प्रदान गर्न सकिँदैन भन्दै दरबन्दी थप गर्न लागिएको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको प्रमुख बालकृष्ण श्रेष्ठको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा १२ वटै पालिकाको प्रतिनीधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिशेष अतिथीको आशनबाट बोल्दै जिल्ला समन्वय प्रमुख श्रेष्ठले पछिल्लो समयमा दिर्घरोगीहरुको बृद्धि हुनमा खानपानमा पनी ध्यान नपुगेको आफुले महशुस गरेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले सरकारले बनाएको निती निर्देशनलाई कार्यन्वयन गर्नु स्थानीय सरकारको पहिलो कर्तव्य हुन आउँने भएकोले यस तर्फ ध्यान दिन पर्नेमा जोड दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौद्वारा आयोजित नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा नीतिगत छलफल बाह्रबिसेमा सम्पन्न भएको थियो ।
