सम्पर्क

शिक्षकको गुणस्तर मापन गर्नेछौँ ः मन्त्री बस्नेत

सिन्धुपाल्चोक बाह्रविसे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताउँनु भएको छ ।
मनत्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउँनु भएको हो ।
“विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिन शिक्षकलाइ अनुरोध गर्दै मन्त्री बस्नेतले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउँनु भयो ।
“गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँदा अरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि समाजमा नराम्रो व्यक्ति बन्ने खतरा बढ्छ ” भन्नु हँुदै बस्नेतले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रसङ्गमा दुःखेसा पानेख्नु भयो । “विद्यालय समायोजन गर्दा पनि भौगोलिकता खोलानाल, भीरपाखाका कारण विद्यार्थीलाई विद्यालय जान अप्ठ्यारो हुन्छ, त्यसैले गुणस्तरीयतामा ध्यान दिँदै विद्यार्थी बढाउनेतर्फ पनि ध्यान दिन अनुरोध गर्नु भयो ।
नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउँदै २८ वर्षदेखि आठ सय स्वास्थ्यकर्मी राजधानी काठमाडौँ बसिरहेकाले तिनीहरुलाई दुर्गम जिल्ला पठाइएको बताउँनु भयो । “चिकित्सा शिक्षा ऐनलाई केही परिमार्जन गरी वर्षेनी २५ हजार चिकित्सक पढाउने तयारीका साथ सरकार अघि बढ्ने बताउँनु भयो ।
उनले १२ कक्षासममको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेका त्यसका लागि आफ्नै नेतृत्वमा प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको बताउँनु हूँदै अब छिट्टै निर्णय गरेर यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने जानकारी दिनु भयो । मन्त्री बस्नेतले देसमा प्रजातन्त्र पुनस्थपना पछी हरेक स्थानमा बिद्यालय खोलेको तर अहीले बिद्याथी कमी भएर बिद्यालय मर्ज गर्न पर्ने स्थिती आएको, तिन जना बिद्याथीलाइ चार जना शिक्षकको दरबन्दस् हँुदा समस्या हुने भएकोले यस्तो स्थिती आउँन नदीन गुणस्तरीय शिक्षा हुनै पर्ने बताउँनु भयो । सो अवसरमा उहाँले विद्यालयको नवनिर्मित दुईतले ११ कोठे भवनको समेत उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका बिशेष अतिथी बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का भन्डारीले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने बताउँदै “विद्यालयस्तरदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकको दायित्व हो, त्यसलै विद्यार्थीहरुको मनोविज्ञानअनुसार शिक्षा दिलाउनुपर्छ भन्नु भयो । बार्हबिसे नगरपलिका का नगर प्रमुख बालकृष्ण बस्नेत ले नगरपालिकाका कुनै पनी नागरिक शिक्षाबाट बञ्चीत हुन नपरोस भनेर नगरपालिकाले शिक्षा क्षेत्रलाइ पहीलो प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरेको बताउँनु भयो । कार्यक्रममा उप प्रमुख मन्जु तामाङ उधोग वाणिज्य संध सिन्धुपाल्चोक का अघ्यक्ष होम बहादुर बस्नेत, वडा अध्यक्ष हरु समाजसेवि लगायत पुर्व विधार्थी,शिक्षक अभिभावक हरु को बिशेष उपस्थित मा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज बस्नेत अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक स्व बिर बहादुर खड्का को शालिक साथै विधालयको नया भवनको अनावरण गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।