पुर्वसुचना प्रणाली सम्बन्धि ३ दिने तालिम सम्पन्न
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना पुर्वसुचना प्रणाली सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । तालिमको समापन गर्दै सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सि डि इ सि एफ )का अध्यक्ष रामजी थापाले नेपालकै पहिलो परियोजना भएकाले यसलाई सफल बनाउन पर्ने बताउनुभयो । उहाँले सिकेका कुरालाई आगामी दिनमा समुदायमा लागु गर्नेकुरामा आफु बिस्वस्त रहेको बताउनुभयो ।
तालिमाको सहजीकरण गर्नुभएका जल तथा मौषम विज्ञान विभागका रोजन लामिछाने तालीममा सिकेका कुरा आगामी दिनमा आइपर्ने विपद हरुमा भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो ।
परियोजना संयोजक राजेश गौतमले समुदायमा आइपर्ने विपदका बरेमा जनचेतना फैलाउने जिम्मेवारी सहभागीको काँधमा थपिएको बताउनुभयो । उहाँले ३ दिन सम्म सिकेका कुराहरुले समुदायमा प्रभावकारी भूमिका खेल्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो । तालिममा सहभागी निर्मला धितालले तालीम फलदायी भएक...
