सम्पर्क

पूर्वसूचना प्रणाली तालिम सुरु

 समुदायमा आधारित पूर्वसुचना प्रणाली सम्वन्धी तीन दिने तालिम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना अष्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सरु तलिममा हेलम्बु र पाँचपोखरी थाङपालका बिभिन्न वडाका पहिरो पुर्व सुचना प्रणाली कार्यदलका सदस्य सहभागी छन् । कार्यक्रमको बारेमा जानकारी गराँउदै कार्यक्रम संयोजक राजेस गौतमले परियोजनाले २ क्लसटरमा काम गरिरहेको बताउनुभयो । बाढीको मेलम्ची र हेलम्बु र पहिरोको हेलम्बु र पाँचपोखरीमा कार्यदल हरु निर्माण गरि काम भइरहेको छ।

२ कार्यदललाइ तालिम दिईसकेको अहिले पुर्व सुचना प्रणालीको कार्यदललाई ३ दिने तालिम आयोजना गरिएको गौतमले जानकारी दिनुभयो । पहिरो पुर्व सुचना प्रणाली परियोजना देशमै पहिलो पटक जिल्लाको हेलम्बु र पाँचपोखरीमा सुरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका बिपद फोकल पर्सन इच्छाराम सापकोटाले तालिममा सिकेका कुरा समुदायमा गएर सिकाउन तथा व्यहबारमा उतार्न आग्रह गर्नुभयो । प्राक्तिकल एक्सनका पबिना खडकाले कार्यदललाई अझ प्रभावकारी काम गर्न सहज होस भनेर तालिम आयोजना गरेको बताउनुभयो । कार्यदलको भुमिका महत्त्वपूर्ण हुने हुनाले फिल्ड भिजिट पनि गराइने उहाँले बताउनुभयो ।

एउटा सुचनाले मानवीय लगायत क्षति कम हुने भन्दै उहाँले सिकेको कुरा समुदायमा पनि सिकाउन अनुरोध गर्नुभयो ।कार्यक्रममा प्राक्टिकल एक्सनका मिनेश गुरुङले मौषम बिभागका प्रतिनिधिहरु लगायतले तालिममा सहजिकरण गर्नुहुने छ ।