सम्पर्क

मेरो देश

राजेश दंगाल

बनाउदै छन् यहाँ बेहाल मेरो देशलाई
स्वर्ग भन्दा सुन्दर नेपाल मेरो देशलाई

जाति धर्म संस्कृतीको उठाउँदै कुरा
पारिदैछ टुक्रा यो बिशाल मेरो देशलाई

बेचिसके हाम्रो बुद्ध गर्दै छन् अझै युद्ध
बनाइ छाड्ने भए कंगाल मेरो देशलाई

घर भित्रका सबै लुछाचुडीमा मस्त यहाँ
बरिले फ्याक्दै छ्न जाल मेरो देशलाई

नेपाल आमा रुदै छिन बिदेशीए सन्तान
फर्क अब मिलेर समाल्न मेरो देशलाई ।