सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरबासीहरुको चाहाना अनुरुप बिकासका कामहरु गरेर लोकप्रियता कमाइ रहेको छ । यसरी लोकप्रियता कमाइ रहँदा सरकारको कार्यमुल्याङ्कनमा सिन्धुपाल्चोक जिल्लाको पहीलो र देसभरीको तेश्रो स्थानमा परेर लोकप्रियाता हासिल गरे लगत्तै अनधिकृत संरचना हटाउन शुरु गरेर अर्को लोकप्रियता काम गर्न शुरुगर्न लागेकोमा नगर बासी खुशी भएका छन । नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ ।
शनिबार बिहान मेलम्ची नगरपालिका–११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको छ ।नगरप्रमुख आइतमान तामाङले नगर पालिका सबैको हो । सावैजनकि सम्पती सबैको हो जो नगर प्रमुख भए पनी नियम कानुन मिचेर गरेको कामलाइ प्रोत्साहन दिन हुँदैन भन्दै आफुले ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको बताउँनु भयो । उँहाले मेलम्ची बजारमा सय भन्दा बढी घरहरूले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि नगरपालिकाले ती संरचना भत्काउँदै आएको छ ।‘केहीले यसअघि आफैं भत्काए, केही नगरपालिकाले भत्कायो अब बाँकी रहेका घरहरूले अटेरी गरेपछि हामीले डोजर चलाएका हौं,’ नगप्रमुख तामाङले सो अबशरमा बताउँनु भयो । उँहाले नगरपालिका भित्र रहेका यस्ता संरचना छन भने आफै हटाउँन नगरबासीलाइ फेरी पनी अनुरोध गर्नु भएको छ ।
