सम्पर्क

अन्तर माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा गोल्मादेवी प्रथम

चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको एक मात्र निजी माध्यमिक विद्यालय जुगल बोर्डिङ हाइ स्कुलले ३४औँ वार्षिकोत्सव तथा अभिभापक सम्मेलनको अवसरमा अन्तर माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोल्मादेबी मावि कदम्बासाका विद्यार्थीले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा दोस्रो इर्खु मावि इर्खु र कालिकादेवी मावि देउरालीका विद्यार्थी तेस्रो भएका छन् । प्रतियोगितामा नगर भित्रका १० माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीको अध्यक्षतामा औपचारिक रुपमा सञ्चालन भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा समसामयिक खण्ड, विज्ञान तथा प्रविधि खण्ड, नेपाली साहित्य, धर्म र संस्कृति खण्ड, खेलकुद खण्ड, ईतिहास खण्ड, भुगोल खण्ड र गाउँखाने कथा खण्डबाट प्रश्न सोधिएको थियो । प्रत्येक खण्डको प्रश्न सोधिसकेपछि अडियो र भिडियो राउण्ड समावेश गरिएको थियो भने यी सबै सोधेपछि अन्तिममा र्यापिड राउण्ड समेत रहेको थियो जसमा १ मिनेटमा १० वटा प्रश्नको उत्तर दिनुपर्ने थियो । जसमा प्रत्येक प्रश्नको सहि उत्तर बापत ५ अंक सहभागी पाएको थियो ।
¥यापिड राउण्ड अघि सम्म २९ अंकसहित सिद्धिगणेश मा.वि अग्र स्थानमा रहेको थियो भने २८ अंक सहित गोल्मादेवि सिद्धिगणेश मा.विलाई पछ्याइरहेको थियो । तर ¥यापिड राउण्डमा ५ अंकमै खुम्चिनु पर्दा मुखैमा आएको गाँस खुस्किएर गोल्मा देवी मा.विले जम्मा ५३ अंक सहित प्रथम भएको थियो भने ४९ सहित ईर्खु मा.वि दोस्रो स्थानमा र ४८ अंक प्राप्त गरि कालिकादेवी मा.वि तृतीय स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा सबै राउण्डका प्रश्न सोधिसके पछि प्रधानाध्यापक उप्रेतीले अति धेरै टिम सहभागी भइ प्रतिस्पर्धात्मक रुपमा हाजिरीजवाफ खेल्नु भएकोमा बधाई व्यक्त गर्नुहुदै प्रतियोगिता जित्न मात्र नभई सिक्न पनि आयोजना गरेको बताउनुभयो ।
उहाँले सहभागी विद्यार्थीले केही नयाँ ज्ञान सिकेको छ भन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा सोधिएको ईतिहास खण्डको एउटा प्रश्न सोध्ने क्रममा मिलाउनेलाई विशेष पुरस्कारको व्यवस्था छ भन्दै सहभागी विद्यार्थीलाई हौसला प्रदान गरिएको थियो भने उक्त प्रश्नको उत्तर मिलाए बापत कालिकादेवी मा.विका टिमलाई कार्यक्रम समापनमा रु ५०० प्रदान गर्नुभयो । आगमी फागुण १७ गते हुने वार्षिकोत्सवको समारोहमा पुरस्कार वितरण गर्ने कुरा जानकारी गराउनुहुदै भव्य कार्यक्रममा गरिमामय उपस्थिति भई कार्यक्रम सफल बनाउन सबैलाई निन्त्रणा समेत गर्नुभएको थियो ।