समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना पुर्वसुचना प्रणाली सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । तालिमको समापन गर्दै सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सि डि इ सि एफ )का अध्यक्ष रामजी थापाले नेपालकै पहिलो परियोजना भएकाले यसलाई सफल बनाउन पर्ने बताउनुभयो । उहाँले सिकेका कुरालाई आगामी दिनमा समुदायमा लागु गर्नेकुरामा आफु बिस्वस्त रहेको बताउनुभयो ।
तालिमाको सहजीकरण गर्नुभएका जल तथा मौषम विज्ञान विभागका रोजन लामिछाने तालीममा सिकेका कुरा आगामी दिनमा आइपर्ने विपद हरुमा भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो ।
परियोजना संयोजक राजेश गौतमले समुदायमा आइपर्ने विपदका बरेमा जनचेतना फैलाउने जिम्मेवारी सहभागीको काँधमा थपिएको बताउनुभयो । उहाँले ३ दिन सम्म सिकेका कुराहरुले समुदायमा प्रभावकारी भूमिका खेल्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो । तालिममा सहभागी निर्मला धितालले तालीम फलदायी भएको बताउनुभयो । तालिम पश्चात् धेरै संजालहरु संग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै धेरै सुचना पाउने माध्यम र सुचनाको आधारमा समुदाय स्तरमा खेल्नुपर्ने भूमिकाको बारेमा सिकाइ भएको उल्लेख गर्नुभयो । त्यस्तै तालिममा सहभागी सुकबहादुर तामाङले सधैभरि आवश्यक रहने सिप सिकाएको खुशी व्यक्त गर्नुभयो । उहाँले जल तथा मौषम विभाग बाट आउने सुचना सिधै पाउन सक्ने अवसर पाएको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना अष्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा भएको तलिममा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका बिभिन्न वडाका पहिरो पुर्व सुचना प्रणाली कार्यदलका सदस्य हरुको सहभागीता रहेको थियो । तालीममा प्रमाणपत्र वितरण गर्दै विपद फोकल पर्सन इच्छाराम सापकोटाले अझै अस्पष्ट रहेका बिषयमा निरन्तर सम्पर्कमा रहन आग्रह गर्नुभयो । समापन कार्यक्रम परियोजनाका सहजकर्ता श्यामशर्मा लामिछानेले गर्नुभएको थियो ।
