सम्पर्क

डडुवाको सडक कालोपत्रे, सम्झौता भन्दा ४ महिना अगाडि नै सम्पन्न

हामिले देशका पुर्बधार बिकासमा धेरै कामहरुका बारेमा समाचार लेख्ने र पढ्ने गरेका छौ । यस अबधिमा राम्रा र गुणस्तरिय कामका लागी हरेक दवाव दिएको समयमा काम सम्पन्न नभएर ठेकेदार फरार रहेको समाचार पढेका छौ ।
तर कोटेशनको समयभन्दा पनी अगाडी नै गुणस्तरिय काम सम्पन्न गरेर भुक्तानी माग गर्ने ठेकदारहरु कमै मात्रमा छन् । हालै मात्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीका प्रमुख समेतले धुलिखेल सडक मार्ग छिटो र गुणस्तरियताका लागी अनशन नै बस्नु पर्याे । तर सिन्धुपाल्चोक जिल्लामा यस्ता निर्माण कम्पनी छन् जसले समयमा नै काम गरेर स्थानीय बिकासमा गुणस्तरियता कायम राखेको पाइन्छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा २ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्झौताको म्याद भन्दा अगाडी नै सम्पन्न गरेको छ ।
भेष नाथ सापकोटा, रामकुमार लामा र सुभाष राज गिरी सञ्चालक रहेको कचद दगष्मिभच उखत।तिम चौताराले समय अगाडी काम सम्पन्न गरेको छ । अन्यत्र भन्दा हेर्दा पनी गुणस्तरिय रहेको देखिन्छ । बिशेषगरि सडकको नाली बलियो कालोपत्र गर्नु अगाडी पानीले माटो पखालेर पिच बस्ने गरी दायाँबाँया साइड सडक जहाँ भल पानीले सडकलाई असर गर्न सक्छ त्यस्ता स्थानहरुमा समेत वाल ब्यवस्थापन गर्नु यो कम्पनीको राम्रो काम भएको स्थानीयहरुले बताएका छन् ।
स्थानीय नेत्र ज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले सडक कालोपत्र गर्नका लागी ठेकदारहरुले पेटिमा नदिएर बिहानदेखी बेलकासम्म आँफै बसेर काम गरेको र स्थानीयहरुको माग बमोजिम आबश्यकता अनुसार सडक मजबुद हुने उपायहरु समेत अबलम्बन गरेकोले यस्ता ठेकदारहरुलाई सम्मान गर्ने र समयमा काम नगर्ने गुणस्तरहिन काम गर्ने हरुका लागी कार्बाहीको व्यवस्था भएमा स्थानीय बिकासमा पारदर्सीता र गुणस्तरी हुने बताउँनु भयो ।
वडा नं. १४ मा १९०० मिटर बाटो कालोपत्र गर्नका लागी ४ करोड ४४ लाख १६ हजार १७० रुपैयाँ ४७ पैसा लागत इष्टमेट भएकोमा प्रतिष्पर्धाबाट रु. ३ करोड ६७ लाख ७१ हजार २ सय ८२ रुपैयाँ ६५ पैसामा काम गर्न मन्जुर भएर २०८० जेष्ठ ३० गते सम्झौता गरिएको पुर्बाधार बिकास कार्यालयका प्राबिधिक अधिकृत शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ जेष्ठ २९ गते १९०० मिटर कालोपत्र गर्ने कार्यक्रम भएको भएतापनी २०८० फागुण १० गते नै काम सम्पन्न गरेको हो । समय अगाबै काम सम्पन्न गरेको उक्त कम्पनीले डडुवा भवानी शङ्कर माबीको छेउमा रहेको एतीहासिक पौराणीक कुवाको समेत संरक्षण हुने गरी काम गरेकोमा आफुहरुलाई खुशी लागेको बज्रयोगीनी अपाङ्ग मैत्री सहकारी सस्थाका अध्यक्ष चतुर बहादुर तामाङले बताउँनु भयो ।