सम्पर्क

कृषकलाइ कृषी चुन बितरण गर्दै वडा अध्यक्ष नेपाल

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ वडा कार्यलयले कृषकको लागी कृष्ी चुन निशुल्क बितरण गरेको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिकाले नगरपालिकाको १४वटै वडाको माटो परिक्षणगरेको थियो र माटो परिक्षणका लागी नगरका १४वटै कृषकलाइ आह्वान गरेकोमा ३३४जनाले मात्र माटो परिक्षण गराएका थिए । यसरी माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको थियो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा ३३४ मध्य २७२ अम्लीएको पाइएको थियो ।   माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रयोग माटो परीक्षण पछि मात्रै गर्नु पर्नै भएकाले यस पटक माटो परिक्षण गरिएका कृषकहरुलाइ चौतारासाँगाचोकगढी नगरपालिका कृषी शाखाले आबश्यक कृषी चुनको व्यवस्था गरेको कृषी प्राबीधिक रामहरी दाहलले जानकारी दिनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक र मेलम्ची नगरपालिकाको प्राबिधीक सहयोगमा भएको माटो परक्षीण शिबीर कार्यक्रम माघ २६ गते देखी २८ गते सम्म तिन दिन चलेको थियो। सोही आधारमा १४ नं वडा कार्यलयले चुन बितरण गरेको हो । कृषी चुन बितरण गर्दै वडाअध्यक्ष उद्धब नेपालले माटो परिक्षण गरेकाहरुलाइ नगरबाट प्राप्त कृषी चुन बितरण गरिएको र बाँकी कृषकलाइ नगरपालिकाबाट अर्को पटक माटो परिक्षण गरेर कृषी चुन प्रयोग गर्न पर्नै आबश्यकता देखीएमा पुन बितरण गर्न पहल गर्ने बताउँनु भयो ।