विपना तामाङ गोले
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक विद्यालयमा बाल संरक्षण मेला सम्पन्न भएको छ ।
बिहिबार ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट पैरवी संस्थाको आयोजना र ऐसेलुखर्क माध्यमिक विद्यालयको प्रविधिक सहयोगमा बाल संरक्षण मेला सम्पन्न भएको हो । ऐसेलुखर्क माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थिहरुले बालश्रम, बालबिबहा, मानव बेचबिखन, लैङ्गिक हिंसा जस्ता अपराध दुरुत्साहन तथा नेपालको कानुनी व्यवस्था र बालबालिकाका अधिकार सम्बन्धि जनचेतनामुलक सन्देश चित्र मार्फत स्टलमा प्रदर्शनीमा राखिएको थियो ।
स्टलमा प्रदर्शनीमा राखिएको जनचेतनामुलक सन्देश कार्यक्रमको प्रमुख अतिथि, शिक्षक लगायत विद्यार्थिहरुको १०/१० जनाको समूहले अवलोकन गरेको थियो ।
कार्यक्रको उद्घाटन गर्दै प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका प्रवक्त एवंम् ईन्द्रावती गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष शसिनाथ आचार्यले बिद्यालय शैक्षिक बिकासमा लागि बिद्यालय बाल संरक्षण, सुरक्षा, बाल, लैङ्गिकमैत्री हुनुपर्ने बताउनुभयो । यसका साथै स्टलहरुमा देखाईएको जनचेतनामुलक प्रर्दशनीले आफू निकै उत्साहित भएको प्रतिक्रिया जनाउनुभयो ।
उहाँले बालअधिकार संरक्षण सन्दर्भमा स्थानीय सरकारको तर्फबाट गाउँपालिकासँग समन्वय गरेर विभिन्न खालका कार्यक्रमहरु अगाडि सारेको बताउनुभयो । उहाँले विद्यार्थिहरुबाट उठेको जिज्ञासाहरुलाई सम्बोधन समेत गर्नुभएको थियो ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट पैरवी समुहका अध्यक्ष यज्ञ प्रसाद दंगालले बालश्रम, बालबिबहा, मानव बेचबिखन, लैङ्गिक हिंसा जस्ता अपराध दुरुत्साहन तथा नेपालको कानुनी व्यवस्था र बालबालिकाका अधिकार सम्बन्धि जनचेतना फैलाउने उदेश्यले कार्यक्रको आयोजना गरेको बताउनुभयो ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट पैरवी समुहका अध्यक्ष यज्ञ प्रसाद दंगालको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा इन्द्रावती गाउँपालिका प्रवक्त एवंम् ईन्द्रावती गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष शसिनाथ आचार्यको प्रमुख अतिथि, विशेष अतिथि, गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सुजता कोईराला, शिक्षक, पत्रकार, नवलपुर माध्यमिक विद्यालयका विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
