प्रदेशतथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा गरेको मूल्यांकन मा सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका सिन्धुपाल्चोकको पहीलो नगरपालिका देसभरीकै २९३ नगरपालिका मध्य तेश्रो स्थान मा परेको छ ।
यसै गरी भोटेकोशी गाँउपालिका सिन्धुपाल्चोकको पहीलो गाउँपालिका र देस भरीकै ४६० गाँउपालिकाहरु मध्य दोश्रो परेको छ। यसै गरि पाँचपोखरी थाम्पाल गाउँपालिका जिल्लको दोश्रोमा परेको छ भने देस भरिको ४६०गाउँपालीका मध्य नवौ स्थानमा परेको छ ।असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिने गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएको छ ।यसै गरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौं, सिन्धुपाल्चोककै पााचपोखरी थांपाल गाउँपालिका ४९.३६ अंक सहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं भएको छ ।प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ । कुनै स्थानीय तहको तथ्यांक गलत भएको भए एकसाताभित्र समिक्षा गरी अन्तिम नतिजा सार्वजनिक गरिने भएको छ ।आयोगको मूल्याङ्कनले सिन्धुपाल्चोक को मेलम्ची नगरपालिकालाइ अझ गुणस्तरिय र पारदर्शीता ढङ्गले काम गर्न प्रेरेणा मिलेको नगर प्रमुख आइतमान तामाङले बताउँनु भयो । उाहाले यस अबस्थामा लानका लागी जनप्रतिनीधी कर्मचारी सबैको साथ र सहयोग रहेकोमा सहयोगी सबैलाइ बिशेष धन्यबाद दिनु भयो ।यस सै गरी मुलङ्कनको नतीजाले उत्साहित बनाएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउँनु भयो । यसरी गरिने मूल्याङ्कनले स्थानीय तहमा हुने कार्यसम्पादन जनपक्षिय बनाउन सहयोग पुग्ने अध्यक्ष शेर्पाको भनाइ रहेको छ ।कार्यसम्पादन मुल्याङ्कनमा सिन्धुपाल्चोकका ३ पालिका शीर्ष १० भित्र पर्न सफल भएको हो ।आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा देशभरिका समग्र स्थानीय तहमध्ये सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौंपाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंक सहित नवौं भएको हो । समग्रमा स्थानीय तहमा शीर्ष १० भित्र कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौं, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंक सहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं भएका छन् ।प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ ।
