सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ मा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको समुद्घाटन हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा फागुन १६ गते बुधबार समुद्घाटन हुने भएको उद्धघाटन समारोहका मुल आयोजक समितीका संयोजक धन गोले तामाङले जानकारी दिनुभयो ।
नगरको प्रबेशद्धार इर्खु घुम्ती डाँडामा रहेको सालिकले सँस्कार सँस्कृतिलाई संरक्षण गर्दै पर्यटक भित्राउँने महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक समितीका संयोजक गोलेले बताउँनुभयो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तथा नेपाल तामाङ बोन्बो घेदुङका केन्द्रिय अध्यक्ष लाक्पा घ्याम्छो मोक्तान समेतको बिशेष उपस्थितीमा र स्थानिय निकायका जनप्रतिनिधि एवम् समासेवी ब्यक्तित्वहरू, सरोकारवाला बोन धर्मा तथा गयरबोन धर्मा एवम् विभिन्न धर्म संस्कृतिहरूप्रति आस्था राख्नुहुने नगरवासी तथा सिन्धुबासी लगाएतका नेपाल भरीका सामाजिक ब्यक्तित्वहरुकोे समेत उपस्थिती रहने गोलेले जानकारी दिनुभयो ।
उक्त समारोहमा विभिन्न विषयगत सहयोग पुर्याउनु हुने विभिन्न विधागत सहयोगी दाताहरूमा सम्मान समेत गरिने भएको नेपाल तामाङ बोन्बो धेदुङका नगर सचिब चिनी बहादुर वाइवा तामाङले जानकारी दिनुभयो । कार्यक्रममा सँस्कृती झल्कीने खालका कार्यक्रमहरुका साथै राष्ट्रिय तामाङ कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम समेत हुने मुल आयोजक समितिका सचिब श्याम लामाले जानकारी दिनुभयो ।
