एकराज श्रेष्ठ, भुम्लु गाउपालिका काभ्रेका अध्यक्ष प्रेम बहादुर भुजेल लेदोलालघाटको पर्यटन बिकासको लागी एक करोड रकम बिनियोजित गर्नुको साथमा दुइ वटा नदिमा केहि लगाणी कर्ताहरु संग मिलेर मोटर वोट संचालनको लागी दश लाख लगानी गर्ने बताउँनु भएको छ । उँहाले फागुन ११ मा एकै थलोमा एकै साथ सयुक्त रुपमा सम्पन्न ३ वटा संस्थाको बार्षिक साधारण सभाकोउद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । दोलालघाट उधोग बाणिज्य संघको तेस्रो,दुलाललेश्वर बातावरणिय तथा समाज सेवा क्लवको २९ औ र समृद्ध टोल बिकास समितीको पहिलो बार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष भुजेलले भुम्लुको मेरु दण्ड तथा अन्तराष्ट्रिय मार्गको बिन्दु रहेको दोलालघाटलाइ पर्यटनको प्रमुख गन्तब्य स्थान बनाउने परिकल्पना भएकोले यस कार्यमा दोलालघाटमा रहेका संघ संस्थाको साथ आवश्यकता भएको बताउँनु भयो । उँहाले उधोग बाणिज्य संघलाइ इंकित गर्दै स्रोत साधनको अवस्थालाइ मध्यनजर गरी सम्भावित योजनाहरु तथा लक्ष्तित वर्गहरुका लागी छुट्याइएका बजेटहरुलाइ औधोगिक क्षेत्रहरुमा लगानी गर्न रचनात्कम भुमिका निभाइ ब्यापारीहरुको प्रवद्धनमा पालिका संग सहकार्य गर्न आग्रह गर्नु भयोे ।
बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति,क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ र टोल बिकास समितीका अध्यक्ष धनध्वज लामा तिनै जना सभापति भएको सो कार्यक्रममा बिशिष्ट अतिथी जितेन्द्र मान तामाङले संस्थाहरुले गरेका गतिबिधीहरु प्रशंसा योग्य भएको र जस मध्य टोल बिकास समितीले गरेको कार्य प्रति अति सन्तुष्ट भएको बताउनु भयो। उहाँले दोलालघाटमा पर्यटन प्रवद्धनको आधारको रुपमा चिनिएको क्लव हिजोको दिनमा घोडाको गति तिव्र रुपमा सामाजिक काम गरिरहेकोमा आज सुस्त रुपमा रहेकोले चिन्ता ब्यक्त गर्दै पुन घोडा झै दौडन आग्रह गर्नुको साथमा ६ सय ५३ जना सदस्य रहेको संस्था पुरक संख्यामा सदस्यहरु समेत उपस्थिती नहुदा त्यसले भोलीको दिनमा संस्थागत रुप मै असर पर्ने हुदा निस्क्रिय सदस्य तथा क्षेत्र बाहिरका सदस्यहरुको बारेमा पुनरबिचार गर्न क्लवलाइ आग्रह गर्नु भएको थियो । खर्चमा मितब्ययिती,प्राय सबै सदस्यहरु एउटै भएको र सदस्यहरुमा समयको बचत हुने, एक अर्कामा मित्रवत ब्यावहार बढ्ने एकता रुपि कार्यक्रमले एक अर्कामा अस्वस्थ प्रतिस्पर्धा नगरी हामी मिलेर अगाडी बढ्नु पर्छ भन्ने सन्देस दिने कार्यक्रम गरेकोले खुशी हुदै यहि उधेश्यले बिगतमा आफ्नै नेतृत्वमा दोलालघाट मा अवस्थित सहकारीहरुको संजाल गठन गरेको भुम्लु गाउ पालिका स्तरिय सहकारी समंवयन समतिका संयोजक एव उधमशिल बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष गोविन्द प्रसाद पराजुलिले बताउनु भएको थियो।बिशेष अतिथीका रुपमा रहनु भएका पराजुलि ले टोल बिकास समितीले गरिएका बिकासन्मुखि कार्यको लागी बजेट अभाव देखिएकोले सो बिषयमा बिचार बिमर्स गर्न पालिकालाइ अनुरोध गर्नु भएको थियो।कार्यक्रममा ब्यापारीहरुको हक हित तथा ब्यापार प्रवद्धनको मुल उधेश्य राखि अगाडी बढ्ने एक मात्र संस्थालाइ आफ्नै भवनको आवश्यक पर्ने हुदा भविस्यमा आफ्नै भवनको लागी गाउ पालिकाबाट अपेक्षा सभापति कक्षपति ज्युले गर्नु भयो ,वन नाइट स्टे सहित हाइकिङको अवधारणामा सभापति श्रेष्ठको थियो भने अर्को सभापति लामा ज्युले पर्यटन प्रवद्धनको लागी चौथौ दोलालघाट महोत्सव संचालन गर्नु आवश्यक भएको बारेमा बताउनु भयो।
क्लवका सचिव बिशाल श्रेष्ठबाट संचालन भएको सो कार्यक्रममा तिनैवटा संघ सस्थाका सचिव र कोषाध्यक्षहरुबाट प्रगति तथा आर्थिक प्रतिवेदन पस्तृत भएको थियो। कार्यक्रममा भुम्लु ८ का वडा अध्यक्ष सहित दोलालघाटमा अवस्थित बिभिन्न संघका अध्यक्षहरुको आतित्यथा रहेको थियो।
