सम्पर्क

गोल्मादेवी माविले मनायो ४१औं बार्षिकोत्सव

  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा रहेको श्री गोल्मादेवी माध्यमिक बिद्यालयले आफ्नो ४१औं बार्षीकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पूर्ब नगर प्रमुख अमान सिं तामाङको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखा संयोजक राम प्रसाद गौतम, लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेत, समाज सेबी भुपेन्द्र थापा वर्ष शिक्षक सञ्जिव कार्की र रामचन्द्र पोखरेल पूर्व शिक्षक सत्यनारायण चौधरी, यमराज वि.क र सञ्जिव तामाङ लगाएत उत्कृष्ट शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले बिद्यार्थी संख्याका आधारमा गोल्मादेबी माध्यमिक बिद्यालयमा शिक्षकको दरबन्दी कम भएको र कम्तीमा पनी ४ जना शिक्षक आबश्यक भएको आफुले महशुस गरेको बताउँनु भयो । उहाँले बिद्यालय मर्ज गर्ने योजना रहेको बताउँदै यसरी मर्ज गरिदाँ टाढा घर भएकालाई बिद्यालयमा नै आबासको व्यवस्था गरिने बताउँनु भयो । पुर्ब नगर प्रमुख अमान सिं तामाङले शिक्षामा लगानि गर्न तितो हुन्छ तर फल मिठो हुन्छ भन्दै शिक्षामा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले सफल होइन असल मान्छे बन्नपर्छ भन्दै मादक पदार्थ सेवन गर्नेको बिचार, स्वास्थ्य, जिवनको भर नहुने भएकाले मादक पदार्थ सेवन गर्नै नहुने बताउँनुभयो । उहाँले सफल बिद्यार्थी बन्ने होईन असल बिद्यार्थी बन्नपर्छ त्यसको लागि सानैदेखि लिपिस्टिक पाउडर लगायर राम्रो हुने होईन असल बिद्यार्थी बनेर राम्रो हुन अनुरोध गर्नुभयो । उहाँले गोल्मादेवि माध्यमिक बिद्यालयले नगरका सबै बिद्यालयको नेतृत्व गर्न सकोस भन्दै बिद्यालयको ब्यवस्थापन शिक्षण सिकाइ उपलब्धिपुर्ण रहेकोले प्रधानाध्यापक ज्ञानबहादुर तामाङको प्रशंसा गर्नुभयो । नगर शिक्षा शाखाका संयोजक समेत रहनु भएका वडा नं. १३ का वडाअध्यक्ष राम प्रसाद गौतमले बैशाख २ गतेदेखि बिद्यार्थी गुणस्तरिय शिक्षा दिलाउन नगरपालिकाले प्रअहरु र शिक्षकसँग सम्झौता गर्ने बताउँनुभयो । नगरपालिकाले सरकारले ५ कक्षासम्म दिवा खाजा बजेट दिएकोमा नगरपालिकाले ६ कक्षाका बिद्यार्थीलाई खाजाको पैसा दिएको बताउनु भयो । वडाअध्यक्ष बिमल श्रेष्ठले वडा, पालिका, देस, प्रदेसमा रहेर शिक्षा क्षेत्रमा सहयोग गर्नुहुनेलाई विशेष धन्यबाद दिनुभयो । पूर्व वडाअध्यक्ष बिष्णु लामाले शिक्षण सिकाइका लागि गोल्मादेवि माबिले गरेको प्रगतिप्रति विशेष धन्यबाद दिनुभयो । समाजसेवी भुपेन्द्र थापाले स्वरोजगारका लागि स्थानिय सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले उद्योग सञ्चालन गरेर स्थानीय स्तरमा उत्पादन बृद्धि गर्दै स्थानीय स्तरमा रोजगारको ब्यवस्था गर्ने बाताबरण मिलाउँन सरकारसँग माग गर्नुभयो । कार्यक्रममा कालीदेवी भूतपूर्व विद्यार्थी एकता समाज अध्यक्ष रण बहादुर तामाङ पुर्ब प्रअ गोकर्ण भारती
ज्ञानमन्दीर नमुना माबिका प्रअ पुण्यप्रसाद गजुरेल, समावसेवीहरु बलराम गिरी, विदुर भारती, दुर्गाराज गिरी लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा वीर बहादुर मेमोरिय ट्रष्टले ट्याकसुट वितरण गरेको थियो । यसैगरी समाजसेवी भुपेन्द्र थापाले अक्षयकोषको स्थापना गर्नूभएको थियो । त्यस्तै उत्कष्ट्रलाई स्व.गणेश बहादुर आरण र भक्तकुमारी आरण स्मृती कोषबाट छात्रवृत्ति प्रदान गरिएको थियो । अर्का समाजसेवीे रीता दुलालले नगरस्तरीय वक्तृत्वकलामा ट्रफि सहयोग गर्नुभएको थियो । बिब्यस अध्यक्ष रेशम तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सुनिल तामाङले गर्नुभएको थियो । बिद्यालयका प्रअ ज्ञान बहादुर तामाङले बिद्यालयका गतीबिधीहरु प्रस्तुत गर्नुभएको थियो भने बिद्यार्थीहरुले आ–आफ्नो साँस्कृतिक कला प्रदर्शनी गरेका थिए । बिद्यालयको बार्षीकउत्सव मर्यादित अनुशासित ढङ्गले सञ्चालन भएको थियो भने कार्यक्रममा लोकप्रिय समाचार राष्ट्रिय दैनिक र रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगहर्ज बाह्रबिसेबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।