सिन्धुपाल्चोक जिल्लामा दादुरा–रुबेला विरुद्ध खोप अभियान को पहीलो दिनमा ४०६८ले खोप लगाएका छन । जिल्ला स्वास्थ्य प्रमुख डा दुर्गा बजाइका अनुसार २०७७पुरष बालक र १९९१महीला बालीकाले खोपलगाएका छन । अभियानको सुरुको दिनमा जिल्लन्मा रहेको १२वटा पालिकामा गरि जम्मा ४०६८ले खोप लगाएका हुन ।
यसै गरी जिल्लाको सदरमुकाम चौतारामा अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाप्रमुख शिब पुरीले जानकारी दिनु भयो ।९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।शाखाप्रमुख पुरीका अनुसार १४गते बाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा खोपकार्डसहित उपस्थित भएर आफ्ना बालबालिकाहरुलाई खोप दिन पनि शाखा प्रमुख पुरीले अनुरोध गर्नुभयो । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप केन्द्रमा जाँदा छुट नियमित खोप पनि दिइने हुँदा खोप कार्ड अनिवार्य गरिएको हो ।शाखाले नगरभित्रका ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिने उदेश्य लिएको छ । अभियानलाई सफल बनाउनका लागि ४० केन्द्रमा ४० जना खोपकर्ता परिचालन गरिएको छ भने ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ताहरुको व्यवस्थापन पनि गरिएको शाखाले जनाएको छ ।
।
