सम्पर्क

ब्रेकिङ न्युज २

चौतारामा आप्रवासी नगर सञ्जाल गठन

ब्रेकिङ न्युज २, समाचार
सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा आप्रवासी नगर सञ्जाल गठन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा वैदेशिक रोजगारीहरूबाट फर्किएका व्यक्तिहरूको लागि श्याम युगल किशोर तामाङको अध्यक्षतामा नगर सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिवमा सृष्टि जोन्से र कोषाध्यक्षमा मुक्तिमायाँ रहेका छन् । त्यस्तै सदस्यहरूमा रमेह ढुङ्गाना, होमनाथ नेपाल, प्रकाश श्रेष्ठ, सञ्चमान लामा लगायत १७ सदस्यीय गठन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालको उपस्थिती रहेको थियो । कार्यक्रममा सामी हेल्भेटास नेपालका भोजराज सुनुवारले वैदेशिक रोजगारको वर्तमान परिवेश, अवसर र चुनौती तथा नेपा...

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो । मन्त्री चौधरीले मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचिबको संयोजकत्वमा विज्ञ समुहबाट एक जना र महासंघका प्रतिनिधि समेत रहने गरी तीन सदस्यीय कार्यदल गठनको निर्देशन दिनुभएको हो । ‘अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि नियमावलीमा भएका व्यवस्थाहरु कार्यान्...

इर्खु माबीद्धारा शिक्षक बिद्यार्थीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको इर्खू माध्यमिक बिद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना विद्यालयमा लामो समय कार्यरत शिक्षकहरु लाई बिदाइ सम्मान गरेको छ । बिद्यालयले गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा लामो समय देखी बिद्यालयमा कार्यरत गणेश कटुवाल, सबिन दंगाल र सुष्मा लामालाइ सम्मान गरिएको हो । सो अबशरमा छैंठौ नगर स्तरीय राष्ट्रपति कपमा पदक विजेता खेलाडिहरुलाई समेत सम्मान गरिएको प्रधानध्यापक प्रकाश दङ्गालले जानकारी दिनु भयो । सम्मानीत हुनु भएका हरुले विद्यालयका पुर्व प्रधानाध्यापक तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल, हालका प्रधानाध्यापक प्रकाश दंगाल, विव्यस अध्यक्ष भगवान खड्का तथा विव्यस पदाधिकारी, सहकर्मी मित्रहरु, अभिभावकहरु, पुर्व विद्यार्थी र विद्यार्थी कृतज्ञता व्यक्त गर्नु भएको छ । यसरी कृतज्ञता व्यक्त गर्दै गणेश कटुवालले इर्खुको बसाइ समयले लामो भए ...

वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि बरुवा सिर्जनशिल युवा समूहलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका –२ प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८० को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आईतबार सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयो । त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाले जानकारी दिनुभयो । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो, सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गर्नुभयो ।...

उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्रीबीच भेट

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच दुई पक्षीय हितका विषयमा काठमाडौँमा शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन...

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २८औं बार्षिक साधारण सभा तथा ११औं अधिवेशन बाह्रबिसेमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन बाह्रबिसेमा एक समारोहका बिच सुरु भएको छ । पूर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा माननीय माधव सापकोटाको बिशेष अतिथ्यतामा र मानीय कृष्ण कुमार तामाङ समिर, जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ, उद्योग बाणीज्य संघका सुरु कृष्ण वैद्य लगाएतको अतिथ्यतामा भएको अधिबेशनको उद्धघाटन पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । आजीवन सदस्यहरुलाई सम्मान सहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहन बहादुर बस्नेतले तातोपानी नाका खोल्न पहल त गरिएको होे, तर कुन नेताले भन्ने कुरा आउन सक्छ । अहिले चिनियाँ समुहसँग कुरा गर्न नसकेको कारण त्यति चलेको अवस्था छैन अब चाडै सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । बाह्रबिसेबाट शिक्षाको क्षेत्रमा कक्षा १२ सम्म निःशुल्क भएको र निश...

बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
बैङ्किङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१२ का ४० वर्षीय भगवति ढकाल र लिसंखुपाखर गाउँपालिका–५ का ५४ वर्षीय टेण्डु भन्ने टेण्डुप लामा रहेका छन् । बिहीबार ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी मुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ढकालमाथि बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ चैत १७ गतेको फैसालाले १२ दिन कैद र १९ लाख जरिवाना ठहर गरेको थियो भने, लामामाथि उच्च अदालत पाटनको २०७९ फागुन १४ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ दिन कैद, ५ लाख जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चौतारा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

बाह्रै महिना मेलम्ची खानेपानि काठमाण्डौं वितरण गर्ने अध्ययन सुरु

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट उपभोक्ताहरुलाई बाह्रै महिना पानी वितरण गर्ने गरी अध्ययन सुरु गरिसकेको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ नै स्तान्तरण गरेर उपभोक्ताहरुलाई स्थायी रुपमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको हो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘ हेडवर्क्स’ नै जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द हुने गरेको छ । हिउँदमा आयोजना सञ्चालन गर्नुपर्ने र वर्षायाममा खोल्नुपर्ने अवस्था अन्त्य गर्न हेडवर्क्स नै अनेत्र स्तानान्तरणको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धाराधारामा पानी वितरण गर्न हेडवर्क्र्स नै स्तानान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म...

उद्योग वाणिज्य संघको ११औं अधिवेशन बाह्रबिसेमा उम्मेदवारीहरु जिताउन आग्रह गर्दै

ब्रेकिङ न्युज २, समाचार
आजदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशन बाह्रबिसेमा हुदै छ । चैत्र ९ र १० गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट चुनिएर कार्यसमितिका पदाधिकारी र सदस्य पदका लागि नयाँ तथा पूराना ब्यापारी ब्यबसायीले उम्मेदवारी दिएका छन् । प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह कोषाध्यक्षमा उद्दब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ कल्याणी घिसिंग निर्बीरोध निर्बाचित हुनु भएको छ भने बाँकी पदहरुमा निर्वाचन हुँदै छ । संघको अध्यक्ष पदका उम्मेद्वारहरु मध्य कसले बाजी मार्नै हो त्यो हेर्न बाँकी छ । अध्यक्षका उम्मेदेवार बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना सुमन खत्रीप्रतिस्पर्धामा रहनु भएको छ । बरिष्ठ उपाध्यक्षमा भने उमेश प्रधान बिदुर प्रसाद पराजुली,सुर्य...

मेलम्चीमा एस.इ.इ उत्प्रेरणा कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस इ इ उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची नगरपालिका वडा नंं. ११ स्थित मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आ  योजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जवलवाई देवि मावि र जालपादेवी माविका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गर्नुभएको थियो । एस इ इ को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्या...