माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस इ इ उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची नगरपालिका वडा नंं. ११ स्थित मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आ
योजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जवलवाई देवि मावि र जालपादेवी माविका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गर्नुभएको थियो । एस इ इ को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले यस प्रकारको भव्य कार्यक्रमले विद्यार्थीलाई सहयोग पुग्ने बताउदै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
