सम्पर्क

लामो समयदेखि मैले ब्यावसायीको हितमा गरेको काम नै मेरो विजयको आधार हो ः बस्नेत

चैत्र ९ र १० गते हुने उद्योगी व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभा मा अध्यक्षका प्रत्यासीबुद्धराज बस्नेतले आफूले विगत लामो समयदेखि जिल्लाका ब्यापारी ÷ब्यावसायीको हितमा गरेको काम नै विजयी हुने आधार भएको बताउँनु भएको छ। उँहाले आफुले बिगतका दिनहरमा गरेका कामहरुको मुल्याङ्कन गर्दै व्यवसायीहरले मतदान गर्ने भएकाले आफु अध्यक्षमा निर्वाचित हुनेमा बिश्वास ब्यक्त गर्नु भएको छ । उँहाले आफू नेतृत्वमा आए दलगत स्वार्थमा नलाग्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ यसै गरी स्थानीय कम्पनीहरुलाइ प्रबद्र्धन गर्दै आर्थीक स्तरलाइ बढवा दिने हाल जिल्लामा सञ्चालमा रहेका साना वा घरेलु र मझौला उद्योगहरुसँग समन्वय गरेर बजारीकरणको लागि पहलकदमी लिने , अहिले संघमा जिल्लाका सबै क्षेत्रलाई समान रुपले समेट्न नसकेकाले आफूले जिल्लाभर रहेका १०३ वटै वडाका साना ठुला उद्योगी÷व्यावसायीहरुलाई संघमा आवद्ध गराउने, सिन्धुपाल्चोक जिल्लाको ब्यापार बिस्तारमा प्रमुख भूमिका रहेको नेपाल र चीनबीचको पहिलो ब्यापारिक नाका तातोपानी नाकालाई पूर्ण रुपमा सञ्चालन गरी पुर्ववत अवस्थामा ल्याउन आफू सदैव लाग्ने प्रण गर्दै यसका लागि सम्बन्धित निकायहरुसँग विशेष पहल गर्ने बताउँनु भयो । उँहाले पछिल्लो समय कृषि पेशालाई कसैले पनि प्राथमिकतामा नराखेको उल्लेख गर्दै कृषिको विकासबिना देश समृद्ध हुन नसक्ने भएकाले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरेर व्यावसायिक रुपमा अगाडि बढाउन संघले प्राथमिकताका साथ काम गर्ने यसका लागि सरोकारसँग आपसी छलफल र समन्वय गर्ने ,संघले समय समयमा जिल्लाका फरक फरक क्षेत्रमा ब्यावसायीहरुसँग छलफल र अन्तरक्रिया गरी उनीहरुलाई परेका समस्याबारे यथार्थ जानकारी लिने र समाधानका लागि तत्कालै पहल गर्ने , केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरेर काम गर्ने ,संघको आर्थिक अवस्थालाई थप मजदुत बनाउने कामलाइ प्राथमिकतामा राख्ने ्,यसका लागि दीर्घकालीन आम्दानीका स्रोतहरु खोजी गर्ने,समुदायलाइ सामुहीक सफलताका लागी एकता कायम गर्दै हरेक व्यवसायीहरुको समस्या पहीचान गरि समस्या समधानका लागी बिशेष कार्यक्रम ल्याउँने, हरेक निर्णयहरुलाइ पारदर्शीता र अखण्डताले मार्ग दर्शन गर्ने सघ सँग आबद्ध व्यवसायीहरुको हक हित र संरक्षणका लागी उँहाहरुको राय सुझाब अनुसार काम गर्ने , सिन्धुपाल्चोक उद्योग बाणीज्य संघलाइ १०३वटै वडा भित्र रहेका सबै उद्योगीहरुको अभिभावाक हो भन्ने गरी काम गर्ने लगाएतका प्रतिबद्धता प्रस्तुत गर्नु भएको छ ।